After SEE Portal

एसईईका लागि २ हजार २७ परीक्षा केन्द्र सहित उपकेन्द्र तोक्न सकिने (साप्ताहिक शैक्षिक गतिविधि फागुन १४–२०)

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र निर्धारण गर्ने भएको छ । भौतिक दुरीकोअध्ययन गरी बोर्डले परीक्षाका लागि उपकेन्द्र समेत तोक्ने गरी तयारी अघि बढाएको छ । परीक्षाकै लागि भनेर विद्यार्थी डेरामा बस्नै पर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि बोर्डले यस्तो तयारी थालेको जनाएको छ । घरैबाट परीक्षा दिने वातावरण गर्न बोर्डले उपकेन्द्रको व्यवस्था गर्ने गरी छलफल अघि बढाएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार आवश्यकताको आधारमा परीक्षा उपकेन्द्र तोक्ने अधिकार जिल्ला परीक्षा समन्वय समितिले तोक्न सक्छ । विशेषगरी पहाडी तथा हिमाली जिल्लाका विद्यार्थीले परीक्षा दिन डेरा गर्नै पर्ने अवस्था भएका कारण यस्तो व्यवस्था गर्न लागेको हो ।

एसईई सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई प्रदा नगरिएको भएपनि यो वर्षको परीक्षाको लागि आवश्यक प्रश्नपत्र भने छपाइ गरेर नै पठाउने बोर्डले तयारी गरेको छ ।

यो वर्षको परीक्षामा कुल ४ लाख ९४ हजार ६८१ जना विद्यार्थी सहभागी हुँदै छन् । बोर्डले सबै विवरण हालसम्म सार्वजनिक गरेको छैन । तर आज देखि विद्यार्थी संख्या भन्दा करिब १० प्रतिशत बढी प्रश्न पत्र छाप्न सुरु गरेको छ । बोर्डले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालयमा छपाइ सुरु गरेको छ । बुधबार सम्पन्न बोर्डको बैठकले सबै प्रश्नपत्र छपाइ गर्ने निर्णय गरेको छ । परीक्षाका लागि करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ गर्ने गरी तयारी छ । जनक र बोर्डबीच हिजो बिहीबार सम्झौता भएलगत्तै बन्दोबस्तीका सामग्रीसहित परीक्षा नियन्त्रकको टोली आजबाट जनक शिक्षाको सुरक्षण मुद्राणालय (सेक्युरिटी प्रेस) मा पुगेका छन्

बोर्डले जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेसनल स्कुलका परीक्षार्थीलाई भने अनलाइनमार्फत् प्रश्नपत्र पठाइने जनाएको छ । त्यहाँका १९ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

पनिकाले विगत दुई वर्षमा प्रयोग नभएका प्रश्नलाई पनि प्रश्नबैँकका रुपमा प्रयोग गर्ने भएको छ । विशेषज्ञले तयार गरेका केही र विगतका केही प्रश्नलाई मिलाएर नयाँ प्रश्नपत्र तयार गरिनेछ । यस वर्षको परीक्षा सकिएपछि २०७९ सालका परीक्षार्थीका लागि अभ्यास गर्न २०७६ र २०७७ सालका प्रश्नपत्रलाई वेबसाइटमा राख्ने योजना पनि पनिकाले बनाएको छ ।

मन्त्रिपरिषद्को गत फागुन १६ गतेको निर्णयले सशस्त्र द्वन्द्व र आन्दोलनका कारण सेवाबाट बर्खास्तीमा परेका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार ५८६ शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको हो ।

तीमध्ये २३३ शिक्षकको पुनःबहाली भएका छन् । भने १८ शिक्षकको नियुक्ति, ४१ शिक्षकको हकमा सेवासुविधा तथा २८४ शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने भएका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल राष्ट्रिय प्याब्सनको अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । उनी वर्तमान कार्यसमितिमा महासचिव हुन् । अधिवेशन फागुन २२ र २३ गते नेपालगन्जमा हुँदै छ ।

यो वर्ष पनि शिक्षा मन्त्रालयले सञ्चालन गरेको योजनाको दोस्रो त्रैमासिक सम्म आइपुग्दा अधिकांश योजनाको उपलब्धि ५० प्रतिशत पनि पुरा गर्न सकेको छैनन् । कोरोनाको कारण देखाएर धेरै आयोजना कार्यान्वयन नै नभएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

 विद्यालय तथा चिकित्सा शिक्षा आयोगले निर्धारित कोटामा छात्रवृत्ति प्रदान गर्न सकेको छैन ।

A Levels MA