After SEE Portal

४५ प्रतिशत छुट कागजमा अलपत्र

Bridge Course

विद्यार्थीका लागि सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट कागजमा अलपत्र परेको छ । सरकारले सवारी साधनमा कुल भाँडादरको ४५ प्रतिशत छुट दिने भनेपनि कार्यान्वयनमा आउन सकेको छैन । किर्तीपुरबाट रत्नपार्कतर्फ जादैं गरेका निर्देश श्रेष्ठले भने, ‘मैले २० रुपैंया दिए । के गर्नु छुट पाएन । ’

बसका सहचालक रविन महर्जनले भने बेलुकि आठ वजेपछि छुट दिन नमिल्ने प्रतिक्रृया दिए ।  सरकारले विद्यार्थी, अपाङगता भएका र जेष्ठ नागरिकलाई आरक्षण दिएर सार्वजनिक यातायातमा भाडा छुटको व्यवस्था गरेको धेरै वर्ष भईसकेता पनि राजधानी र तराई क्षेत्रबाहेक अन्य क्षेत्रमा यसको प्रभावकारी कार्यन्वयन हुन सकेको छैन ।स्थानीय रुटमा चल्ने तथा लामो दुरीमा चल्ने यातायतका साधनले समेत विद्यार्थी, जेष्ठ नागरिक र अपाङगता भएकाहरुलाई छुट दिन इन्कार गर्ने गरेका हुन् ।

सरकारले यातायात व्यवसायीहरुसगँको सहमतिमा परिचयपत्र हुने विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था गरेको थियो ।

‘सरकारले विद्यार्थीका लागि सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत भाडामा छुट गरेको भएपनि कोशी पहाडी क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनले भाडामा कुनै छुट दिएका छैनन्’ उनले भने ‘विद्यार्थी हो भनेर परिचयपत्र देखाई भाडामा छुट माग्दा तपाई चढ्ने कलेज बसले पनि सित्तैमा बोक्दैन हामीसँग के भाडा छुट माग्नुहुन्छ भनेर सबैजसो सार्वजनिक सवारी साधनका सह चालकले हप्काउने गरेका छन् ।’

A Levels MA
Thuprai - Books and E-books