विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने भए

काठमाडौं । काठमाडौं विश्वविद्यालयले लिएको एम.बि.बि.एस. प्रवेश परीक्षामा दुई सय ८८ विद्यार्थीको नतिजा हेरफेर  भएको छ । उक्त प्रकरणमा विश्वविद्यालयले विद्यार्थीलाई उत्तरपुस्तिका हेर्न दिने भएको छ । 

विश्वविद्यालयमा एमबिबिएस प्रवेश परीक्षाको नतिजा विद्यार्थीले चाहेमा उत्तरपुस्तिका हेर्न पाउने भएका छन् । विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसले लिएको प्रवेश परीक्षामा लापरबाही भएपछि विरोधमा उत्रिएका विद्यार्थीलाई सम्बोधन गदै उत्तरपुस्तिका हेर्न दिने निर्णय गरेको हो । 

                                

डिन प्रा.डा. राजेन्द्र कोजूले विद्यार्थीलाई आफ्नो नतिजामा विश्वास दिलाउन ‘उत्तर–सिट’ र ‘उत्तर–की’ दुवै हेर्न दिने व्यवस्था गरेको बताए । 

विश्वविद्यालयले छात्रवृत्तिसमेतका लागि लिएको प्रवेश परीक्षाको नतिजा ४ असोजमा सार्वजनिक गरेको हो । आठ हजार एक सय ४४ जना विद्यार्थीले परीक्षा दिएकोमा चार हजार ६ सय ४८ जना पास भएका थिए । 

तर, नतिजामा चित्त नबुझेपछि नौ सय ८६ जना विद्यार्थीले रिटोटलिङ गरेका थिए ।शुक्रबार पुनः नतिजा सार्वजनिक हुँदा चार हजार चार सय ८९ जना मात्रै पास भएकोमा दुई सय ८८ विद्यार्थीको नतिजा नै हेरफेर भयो । 

अघिल्लो नतिजामा फेल भएका पास र पास भएका फेल भए । डाक्टर बन्ने सपना बुनेका विद्यार्थीको छात्रवृत्ति पाउने तथा सम्बन्धन प्राप्त मेडिकल कलेजमा भर्ना भएर भविष्य निर्धारण गर्ने योजनामा विश्वविद्यालयको लापरबाहीले धक्का पुगेको छ ।

काठमाडौं विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजमा एक सय १० विद्यार्थीले छात्रवृत्ति पाउँछन् । 

Degrees offered in nepal
Counseling
Bachelors Portal