Bachelors Portal

नामीका विद्यार्थीलाई जापानमा रोजगारी

काठमाडौं : सूचना प्रविधीको क्षेत्रमा कार्यरत जापानको प्रतिष्ठित संस्था ह्युमन रिसोसियासंगको सहकार्यमा जोरपाटीस्थित नामी कलेजमा रोजगार मेलाको आयोजना गरिएको छ । 

विहिबार आयोजना गरिएको यो मेला सोही कलेजमा बीएससी कम्प्युटिङ विषय अध्ययन गरिरहेका विद्यार्थीले संयोजन गरेका हुन् । मेलामा विद्यार्थीले ह्युमन रिसोसियाका सदस्यहरुसंग अन्तरक्रिया तथा प्रत्यक्ष अन्तर्वार्तामा सहभागी हुने अवसर पाएका थिए ।  

सोही कार्यक्रममा विद्यार्थीले जापानका प्रतिष्ठित कम्पनीहरुमा रोजगारीका लागि आफ्नो नाम दर्ता गराउने मौका पाएका थिए । सूचना प्रविधीसंग सम्बन्धित

जापानका अन्य रोजगाररदाता कम्पनीहरु, त्यहाँ रोजगारीमा लाग्दा हुने फाइदा तथा त्यहाँको जीवनशैलीका बारेमा समेत विद्यार्थीहरुले ह्युमन 
रिसोसियाका रिक्रुटमेन्ट म्यानेजर म्यानेजर तासुजी सुगीहारासंग प्रत्यक्ष सम्वाद गरेका थिए । 

नेपाली विद्यार्थीले जापानमा काम गर्नुअघि पुरा गर्नुपर्ने प्रक्रिया, नेपाली कामदारलाई उपलब्ध गराइने विशेष सहुलियत लगायतका विषयमा सुगीहाराले जानकारी दिएका थिए । रोजगार मेलामा बोल्दै कलेजका वरिष्ठ व्यापार प्रवर्द्धन व्यवस्थापक अमरदीप मण्डलले भविष्यमा पनि यस्तै रोजगार मेलालाई निरन्तरता दिने बताए ।

उनका अनुसार हरेक वर्ष कलेजले यस्तो मेला गर्दै आइरहेको छ । सोही कार्यक्रममा उनले नामीमा अध्ययनरत विद्यार्थीलाई रोजगारीमा लगाउन कलेजले सक्दो सहयोग गर्ने पनि उनले प्रतिवद्धता जनाए । उनका अनुसार गत वर्ष नामीमै अध्ययन गरेका ६ जना विद्यार्थी जापानमा काम गर्न छनोट भएका थिए । उनीहरु आगामी सेप्टेम्बरमा त्यतातर्फ जानेछन् ।

ह्युमन रिसोसिया ह्युमन ग्रुपका सक्रिय सदस्य हो । जुन संस्था समाजमा दक्ष नागरिक उत्पादनमा सक्रिय छ । यसले सूचना प्रविधीसंग सम्बन्धित जापानको प्रतिष्ठित कम्पनीहरुसंग मिलेर विश्वमै दक्ष जनशक्ति प्रवाह गर्दै आएको छ । नामीले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयसंगको सम्बन्धनमा एमबीए, बीबीए, बीएससी इन कम्प्युटिङ, बीएससी इन अफ्टवयर इन्जिनियरिङ, बीएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ र बीएससी इन इन्भाइरोन्मेन्टल साइन्स विषयको पढाइ सञ्चालन गरिरहेको छ ।

Thuprai - Books and E-books