Bachelors Portal

विद्यार्थीलाई सहयोग

Managed Admission 2022

काठमाडौँ, १८ मङ्सिर (रासस) : ‘बालबालिकाको स्वास्थ्य र शिक्षाका लागि नेपाली सूत्रपात’ नाम संस्थाले नुवाकोटको तादी गाउँपालिका–३ स्थित चन्द्रप्रभा प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । 

संस्थाका अध्यक्ष प्रदीप अधिकारीले उक्त विद्यालयमा अध्ययनरत ५० विद्यार्थीलाई विद्यालय पोशाक, स्टेशनरी सामग्री वितरण गर्नुभयो । नेदरल्याण्डका दम्पती कोत्जे र कोरीको सहयोगमा करीब रु एक लाख बराबरका सामग्री विद्यार्थीलाई वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

बालबालिकाको स्वास्थ्य र शिक्षाका क्षेत्रमा क्रियाशील सो संस्थाले यसअघि पनि अपाङ्ग तथा अनाथ बालबालिकालाई ह्वीलचियर, शैक्षिक सामग्री, लत्ता कपडा वितरण गर्दै आएको छ । 

Select college / campus