After SEE Portal

चिकित्सा शिक्षामा छात्रवृत्ति पाउने ह्वात्तै बढे

Bridge Course

छात्रवृत्तिको नयाँ व्यवस्थाका कारण यस वर्ष ८४० जना विद्यार्थीले चिकित्सा शिक्षाको उच्च शिक्षा अध्ययनका लागि निःशुल्क छात्रवृत्ति पाएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेदिक विषय अध्ययनका लागि ३८ जनाको नाम सिफारिसको क्रममा छ र सो पूरा भइसकेपछि यस वर्ष छात्रवृत्ति पाउनेहरु ८७८ जना पुग्नेछन् ।

गत वर्षसम्म चिकित्सा शिक्षामा ३३८ जनाले मात्र छात्रवृत्ति पाउँदै आएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको छात्रवृत्ति शाखाका प्रमुख हरि खनालले चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्थाका कारण छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको बताए ।

गत वर्ष एमबीबीएसका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका कलेजमा गरी १७० जनाले छात्रवृत्ति पाएका थिए । यस वर्ष एमबीबीएसका लागि ३५९ जनाले त्यस्तो छात्रवृत्ति पाएका छन् ।

“गत वर्षसम्म चिकित्सा शिक्षामा ३३८ जनाले मात्र छात्रवृत्ति पाउँदै आएका थिए”

गत वर्षसम्म सम्बन्धन प्राप्त स्वदेशी लगानीका कलेजमा १० प्रतिशत र विदेशी लगानीका कलेजमा २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिन्थ्यो भने यस वर्षबाट आङ्गिक क्याम्पसमा कुल विद्यार्थीको ७५ प्रतिशतलाई छात्रवृत्ति दिने नयाँ प्रावधान ल्याइएको छ ।

सो शाखाका अनुसार गत वर्ष बीडीएसमा ४५ जनाले छात्रवृत्ति पाएका थिए भने यस वर्ष ९७ जना पुगेका छन् । यसैगरी बीएस्सी नर्सिङ्मा यस वर्ष १०१ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । जबकी गत वर्ष ३२ जनालेमात्र छात्रवृत्ति पाएका थिए । बीफार्मेसी अध्ययनका लागि यस वर्ष ४६ जनाले छात्रवत्ति पाएका छन् ।

गत वर्ष बीफार्मेसीका लागि २१ जनालेमात्र छात्रवृत्ति पाएका थिए । त्यस्तै यस वर्ष बीएस्सी एमएलटीका लागि १७ जनाले छात्रवृत्ति पाए जबकी गत वर्ष १० जनालेमात्र पाएका थिए । बीपीएचका लागि यस वर्ष ४६ जनाले छात्रवृत्ति पाए भने गत वर्ष १४ जनाले पाएका थिए ।

आयुर्वेदतर्फ हालसम्म ३२ जनाले पाइसकेका छन् र थप ३८ जनाको सिफारिसका लागि छनोट प्रक्रिया जारी छ । गत वर्ष आयुर्वेद (बीएएमएस) अध्ययनका लागि १६ जनालेमात्र छात्रवृत्ति पाएका थिए ।

शाखा प्रमुख खनालले यस वर्षबाट बीएस्सी एआईटीका लागि आठ जनाले छात्रवृत्ति पाउने बताउँदै गत वर्ष यसमा छात्रवृत्तिको व्यवस्था नभएको बताए । “यस वर्षबाट बीएएसएलपी, बी अप्टम र परफ्युजनमा पनि छात्रवृत्ति पाएका छन्” उनले भने, “यी विषयका लागि गत वर्षसम्म छात्रवृत्ति कोटा आउँदैन थिए । ७५ प्रतिशत छात्रवृत्तिका कारण यी नयाँ विषय पनि थपिएका हुन् ।”

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको केन्द्रीय आयुर्वेद विद्यापीठ दाङ र पतन्जली आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्र धुलिखेलका लागि थप ३८ कोटाका लागि मेरिट लिस्ट तयार गर्न छात्रवृत्ति शाखा जुटेको छ ।

सो शाखाले वन विज्ञान विषयमा गत वर्ष पाँच जनालाई छात्रवृत्ति दिएकोमा यस वर्ष पनि उत्तिकै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books