Bachelors Portal

ग्रेडमा उच्चतम अङ्क ल्याउनेलाई शिक्षक बनाइने

मेलम्ची, १४ माघ (रासस) ः प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले ग्रेडमा उच्चतम अङ्क ल्याएर उत्तीर्ण हुनेलाई मात्र शिक्षक बनाइने बताउनुभएको छ । 

 हेलम्बु गाउँपालिका–३ ककनीस्थित पाल्चोक माध्यमिक विद्यालयको ३०औँ वार्षिकोत्सव तथा १७औँ अभिभाबक दिवस र भवन शिलान्यास कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकार लागिपरेको छ भन्नुभयो ।  

 शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख गौरीशङ्कर पाण्डेले किताबी ज्ञानसँगै विद्यार्थीलाई वातावरण संरक्षण र सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिँदै दुई वर्षभित्र विद्यालय पुनःनिमार्ण गरिसक्ने लक्ष्य लिइएकाले काममा तीव्रता दिन आग्रह गर्नुभयो । 

Thuprai - Books and E-books