होम क्वारेन्टाईनमा बस्दा विद्यार्थीलाई सुझावः के खाँदा राम्रो ?

विद्यार्थी भाई बहिनीहरू तपाईँहरू अहिले फुर्सदिलो हुनुहुन्छ । कतिपय घरमै बसी रहनु भएको छ होला र  कति मामाघर वा आफन्तकोमा हुनुहुन्छ होला ।

पौष्टिकयुक्त खाने कुराहरु खाएर कोरोना भाइरस (कोभिड–१९) संक्रमण नहुने भन्ने होइन । रोगसंग लड्ने शक्ति कम, उमेर पुगेका, निमोनिया, मधुमेह, उच्च रक्तचाप भएका मानिसहरूलाई कोरोना संक्रमण भयो भने जोखिम बढी रहन्छ । विद्यार्थी होस वा अन्य सबैले यो वेला ख्याल गर्नुपर्छ ।

घरमा जे पाइन्छ त्यो कुरा खानु राम्रो मानिन्छ । बजारमा किनेर ल्याएको चाउचाउ, विष्कुट भन्दा घरमै बनाएका खानेकुराहरु खादाँ राम्रो 

बजारमा किनेर ल्याएको चाउचाउ, विष्कुट भन्दा घरमै बनाएका खानेकुराहरु खादाँ राम्रो । कोरोनाबाट संक्रमित मध्ये ८० प्रतिशत मानिसलाई साधारण खालको रुघाखोकीको लक्षण मात्रै देखिने गरेको पाइएको छ ।

कतिपयलाई थाह नहुन पनि सक्छ । दुइ चारदिन आराम गरेपछि ठिक हुन्छ । २० प्रतिशत मानिस निमोनिया भएका, मुटुको समस्या भएका, सुगर भएकालाई कोरोना संक्रमण भइहाल्यो भने बढी खतरा हुन्छ ।

रोगसंग लड्ने क्षमता वृद्धि भने गर्नुपर्छ । तर,आज पौष्टिक कुरा खाएर भोलि रोगसंग लड्ने क्षमता बढ्ने भन्ने होइन । हामीले सदैव घरमा बनाएको कुराहरू खानुपर्छ । रोगसंग लड्ने शक्ति बढाउन पौष्टिक आहारसंगै जीवनशैली पनि महत्वपूर्ण मानिन्छ ।

घरमै बनाइएका खाने कुरा दाल,भात, तरकारी, दुध,दहि, मोहि खानुपर्छ । घरमा जे पाइन्छ त्यो कुरा खानु राम्रो मानिन्छ । जस्तैः तराईमा गहुँ र चामल पाइन्छ, मुस्ताङ, मनाङतिर कोदो, फापर पाइन्छ, त्यहि खानुपर्छ । घरमै बनेका स्थानीय परिकारहरु खाँदा शरिर पनि स्वस्थ र फूर्तिलो हुन्छ । जसले गर्दा पोषण तत्वहरु शरिरमा पुग्छ । यसले गर्दा रोगसंग लड्ने शक्ति बढ्छ । 

खाएर मात्रै हुँदैन, शारीरिक व्यायामहरु गर्नुपर्छ । खाएको कुरा पचाउन शरिरलाई चलायमान गराउन जरुरी छ ।

शरिरमा रोगसंग लड्ने शक्ति बढाउन हामीलाई प्रकृतिबाट पर्याप्त मात्रामा भिटामिन ‘डि’ जुन सिधै ८० देखि ९० प्रतिशत घामको किरणबाट प्राप्त गर्न सकिन्छ । घाममा बसेपछि कालो भइन्छ भन्ने सोंच हटाउन आवश्यक छ ।

हामीले पोषणबाट प्राप्त गर्ने क्याल्सियम भिटामिन ‘डी’ को अभावले राम्रोसंग सोस्न सक्दैन । क्याल्सियम राम्रोसंग नसोस्दा हाड जोर्नीहरू कमजोर हुँदै जान्छन् । अनि खानेकुराहरु राम्रोसंग नपच्न सक्छ ।

यो अवस्थामा तिन फिटको शारीरिक दुरी कायम गरेर बस्नुपर्छ । महामारीको बेला रमाइलो गरौं भन्ने होइन, सकेसम्म संगै हिँड्नु हुँदैन, जमघट भएर पनि नबसौं ।

खानेकुराहरु पर्याप्त मात्रामा खाने, पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ ।

डा.अरुणा उप्रेती, पोषणविद् 

Thuprai - Books and E-books