After SEE Portal

दिव्यभूमि मल्टिपल कलेज र डेनमार्कको भिजिटिका विद्यार्थीहरु बीच आदानप्रदान कार्यक्रम सम्पन्न

Bridge Course

काठमाडौं, मंसिर २ गते : डेनमार्कको भिजिटि नामक शैक्षिक संस्थाका २३ जना विद्यार्थी र शिक्षकहरुले नेपालको दुई हप्ते  शैक्षिक भ्रमण गरेका छन् । 

उनीहरुले भ्रमण पूरा गरी मंसिर १ गते आइतबार स्वदेश फर्किएका छन् ।  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्यभूमि मल्टिपल कलेजको निमन्त्रणामा डेनमार्कको उक्त कलेजका तीन शिक्षक, १४ छात्रा र ६ छात्रले नेपालको शैक्षिक भ्रमण गरेका हुन् । 

दिव्यभूमि कलेजका संस्थापक अध्यक्ष प्रमोद शाहका अनुसार डेनमार्कको उक्त शैक्षिक संस्था र दिव्यभूमि मल्टिपल कलेजबीच बिगतमा भएको समझदारीपत्रअनुसार दुई शैक्षिक संस्था शैक्षिक साझेदार रहेको  र विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत उनीहरु नेपाल भ्रमणमा आएका थिए ।

दोस्रो विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत कार्तिक १८ गते नेपाल आएका उनीहरुलाई दिव्यभूमि कलेजका विद्यार्थी र शिक्षकहरुले विमानस्थलमा उनीहरुलाई स्वागत गरेको संस्थापक साहले बताउनुभयो । 

नेपाल बसाईंका क्रममा उनीहरुले डेनमार्कको शैक्षिक व्यवस्था, विद्यार्थी जिवन, सहरी जिवन र युवा अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने दिव्यभूमि कलेजका विद्यार्थीहरुले नेपालको शैक्षिक अवस्था, विद्यार्थी जिवन, सहरी जिवन र युवा अवस्थाबारे आफ्ना प्रस्तुति दिएका थिए । 

यस्तै, भ्रमणकारी दलको स्वागतमा स्वागत कार्यक्रम, सांस्कृतिक नृत्य, अन्तर्वार्ता र अन्तरक्रिया  कार्यक्रम आयोजना गरिएको थियो ।  

दुवै शैक्षिक संस्थाका विद्यार्थीहरुले मायाको चिनो र प्रशंसा पत्र समेत आदान प्रदान गरेका थिए ।

भ्रमणको अन्त्यतिर दिव्यभूमि कलेजको संयोजनमा उनीहरुले त्रिविको सामाजिक कार्य केन्द्रीय विभागका साथै कीर्तिपुरस्थित त्रिवि केन्द्रीय पुस्तकालयको अवलोकन भ्रमण समेत गरेका थिए।

फर्किनुअघि उनीहरुले दिव्यभूमि कलेजका विद्यार्थी र शिक्षकहरुलाई डेनमार्क भ्रमणको निम्तो दिएको र कलेजबाट निकट भविष्यमै डेनमार्कको शैक्षिक भ्रमण हुने संस्थापक शाहले बताउनुभयो ।

A Levels MA