Thuprai - Books and E-books

खुला तथा दूर शिक्षामा विद्यार्थी आकर्षण

Admission edusanjal

सन् १९६९ मा बेलायतबाट सुरु भएको खुला विश्वविद्यालयको अवधारणा तत्कालीन बेलायती प्रधानमन्त्री होराल्ड विल्सनले सन् १९६४ ल्याएका हुन् । विश्वका विभिन्न ६५ मुलुकमा अहिले खुल्ला विश्वविद्यालय अभ्यासमा छन् । आधुनिक प्रविधिको प्रयोगगरी आफ्नो कार्यक्षेत्रमै बसेर पढ्न सकिने हुनाले यो विश्वविद्यालय नेता, पेसाकर्मी, कलाकारलगायत बिचैमा पढाइ छाडेका विद्यार्थीलाई वरदान साबित भएको छ । खुला विश्वविद्यालका उपकुलपति, प्राडा.लेखनाथ शर्मासंग इडियु–पत्रले गरेको कुराकानी । 

 

खुला विश्वविद्यालय के हो ?

खुला विश्वविद्यालयमा विद्यार्थी भर्ना, अध्ययन गर्ने समय, स्थान र अध्ययापन गराउने शैली फरक फरक हुन्छ । विद्यार्थी सध क्याम्पस धाइरहनु पर्दैन । आफ्नो समयअनुकूल विद्यार्थीले पढ्न पाउँछन् । व्यावसायिक तथा प्राविधिक विषयमा पनि प्रयोगात्मक कक्षा तथा परीक्षा विश्वविद्यालयले तोको परिधिमा रहेर गर्न सकिन्छ । पेसा कर्मी, राजनीतिकर्मी, व्यापार–व्यवसाय एवं रोजगारीका कारण बीचैमा पढाइ छाडेका इच्छुक व्यक्तिले आफ्नै घर तथा कार्यक्षेत्रमा बसेर पढ्न सक्छन् ।

 खुला विश्वविद्यालयको विकास विश्वमा कसरी भयोे ?

विश्वमा खुला विश्वविद्यालयको इतिहास त्यति लामो छैन । पहिलोपटक बेलायतमा सन् १९६९ मा खुला विश्वविद्यालय स्थापना भएको थियो । तत्कालीन बेलायती प्रधानमन्त्री होराल्ड विल्सनले सन् १९६४ मा यसको अवधारणा ल्याएका थिए । नेपालमा पनि खुला विश्वविद्यालय स्थापनाको माग भएको लामो समय भइसक्यो । यसका लागि नीतिगत आधार तयार भएको पनि तीन दशकभन्दा बढी भइसकेको छ । तर, ऐन भने बन्न सकेको थिएन ।

नेपाल खुला विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन भएको ४ वर्षपछि मात्र यसले कानुनी मान्यता पाएको हो ।सेना, प्रहरी, कर्मचारीलगायत उच्च शिक्षाको औपचारिक संरचनामा नसमेटिएका सम्पूर्ण जनसमुदायलाई समेट्ने परिकल्पनासहित खुला विश्वविद्यालयको ऐन बनाइएको थियो । खुला विश्वविद्यालयका लागि पूर्वाधार निर्माण गर्न ०६९ जेठ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले शिक्षामन्त्रीको अध्यक्षतामा विकास समिति गठन गरेको थियो । 

भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयमा साक्षर बनाउनेदेखि पीएचडीसम्मको पढाइ हुन्छ । मिडिया, लेखरचना, सिडी, इन्टरनेटलगायत सूचना प्रविधिको प्रयोग गरी विद्यार्थीले आफ्नो कार्यक्षेत्रमै पढ्न सक्छन् ।पछिल्लो समय खुला विश्वविद्यालयमा अध्ययन गर्न चाहनेको संख्या बढिरहेकाले आवश्यकता महसुस गरी स्थापनाका लागि एनआरएनएले सक्रियता देखाएको थियो ।

खुला विश्वविद्यालय कसरी सञ्चालन गर्ने ?

खुला विश्वविद्यालय प्रतिस्पर्धाका आधारमा जसले पनि खोल्न सक्ने प्रावधान छ । यस विश्वविद्यालयमा पढाइ हुने कार्यक्रमहरु त्रिभुवन विश्वविद्यालयको प्रज्ञा प्रतिष्ठान तथा सीनेटबाट स्वीकृत प्राप्त भएकाले यसको मान्यतामा शंका गरिरहनु पर्दैन ।त्यसैले सरकारले खुलाएको विज्ञापनमा स्वतः यस विश्वविद्यालयको प्रमाणपत्रद्वारा आवेदन दिन सकिन्छ । यहाँबाट प्राप्त प्रमाणपत्र अन्य विश्वविद्यालयको जस्तो मान्यताप्राप्त रहन्छ । 

अध्ययन कसरी गर्न सकिन्छ ?

कामकाजीहरूका लागि घर तथा कार्यक्षेत्रमै बसेर इन्टरनेट, कम्प्युटर र सञ्चारका विभिन्न माध्यमद्वारा अध्ययन गर्न सक्ने भएकाले खुला विद्याविद्यालय नेपालजस्तो देशको लागि बढी उपयुक्त हुन्छ । एउटा मुडल सफ्टवयर छ जसमा हप्ताहप्तामा विद्यार्थीहरुले के पढ्ने, कति पढ्ने, साथीसंग कसरी छलफल गर्ने शिक्षकसंग कसरी छलफल गर्ने भन्ने विषय समेटिएको हुन्छ । जुन मुडलमा विद्यार्थीहरु भर्ना हुन्छन् र युजर आईडि र पासवर्ड उपलब्ध हुन्छ जसले गर्दा अध्ययन गर्न विद्यार्थीलाई सजिलो हुन्छ । नेपालमा उच्च शिक्षाका लागि योग्य विद्यार्थीमध्ये करिब १५ प्रतिशतमात्र भर्ना हुने गरेको तथ्यांक छ । खुला तथा दूर शिक्षा कार्यक्रमअन्तर्गत विश्वभर ३० हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।

यसले पनि नेपालमा समयसीमा र कक्षाकोठाको परिधिबाहिर बसेर अध्ययन गर्नेको संख्या धेरै छ भन्ने पुष्टि हुन्छ । खुला विश्वविद्यायमा अत्याधुनिक सूचना–प्रविधिको पहुँचसहितको सिकाइ हुन्छ । सम्पूर्ण पाठ्यसामग्री कुनै पनि विद्यार्थीले विश्वको कुनै पनि स्थानबाट चाहेको समयमा लिन सकोस् भन्ने मान्यता हुन्छ । विद्यार्थीले विश्वविद्यालय धाउनुपर्दैन । सन् २०१२ मा एमआईटी र हार्वर्ड विश्वविद्यालय मिलेर बृहत् खुला विद्युतीय पाठ्यवस्तु तयार गरें । फलस्वरुप कक्षा कोठामा सीमित रहेको उच्चशिक्षा विद्युतीय माध्यमबाट विश्वमा फैलियो । यसका लागि तयरा गरिएका पाठ्यवस्तु पाठकले अहिले निःशुल्क पढ्न पाउँछन् ।खुला विश्वविद्यालय २४ सै घण्टा र ३ सय ६५ दिन नै सेवा प्रदान गर्ने विश्वविद्यालय हो । यसमा पुस्तकालय, सञ्चार, सिकाइसहजीकरण र विद्यार्थी सहायता केन्द्र हुन्छन् ।

कस्ता–कस्ता व्यक्तिहरुले अध्ययन गर्न आउँछन् ?

विभिन्न कारण बीचैमा पढाइ छोडेका, विदेशिएका युवायुवती, कलाकार, व्यवसायी, गृहिणी, पेसाकर्मी, राजनीतिकर्मीहरूले अध्ययन गर्दै आएका छन् । सबैभन्दा बढी फाइदा राजनीतिक क्षेत्रको उच्च ओहोदामा पुगेका र प्रमाणपत्रका कारण बढुवा रोकिएका व्यक्तिलाई फाइदा पुगेको छ । कलाकार, व्यवसायी तथा अन्य व्यक्तिले पनि घर वा कार्यस्थलमा स्वअध्ययन गरेर खुला विश्वविद्यालयमा परीक्षा दिई डिग्री हासिल गरिरहेका छन् ।

अध्ययनका लागि कति योग्यता चाहिन्छ ?

विश्वविद्यालयले निर्धारण गरेको सामान्य मापदण्ड पूरा गरेकै भरमा अध्ययन गर्न सकिन्छ । साक्षरदेखि पीएचडीसम्मको व्यवस्था खुला विश्वविद्यालयमा हुन्छ । विश्वविद्यालयले तोकेको कुनै पनि कोर्स अध्ययन गर्न सक्छु भन्ने आत्मविश्वास भएकाहरूले अध्ययन गर्न सक्छन् ।अन्य विश्वविद्यालयमा जस्तै यो विश्वविद्यालयमा पनि कोर्सअनुसार निश्चित समय तोकिएको हुन्छ । तर, विद्यार्थीले तोकिएको समयमा अध्ययन पूरा गर्न नसके केही समयपछि परीक्षा दिन पाउँछन् ।कसैले कोर्स तोकिएको समयभन्दा पहिले नै पूरा गर्न सकेमा उसको इच्छाअनुसार परीक्षा दिन पाउँछ । खुला विश्वविद्यालयबाट उर्तीर्ण हुने विद्यार्थीलाई विश्वको कुनै पनि कलेज तथा विश्वविद्यालयमा सोहीअनुसारको मान्यता पाउँछन् ।

भर्ना प्रक्रिया कस्तो हुन्छ ?

विश्वविद्यालयमा भर्ना पनि प्रत्येक तीन–तीन महिनामा लिइन्छ । खुला विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीले अनलाइनमा बैंक भौचर र फारम भरेर पठाउनुपर्छ । त्यसपछि प्रवेश परीक्षा हुन्छ । त्यसका लागि प्रत्येक प्रदेशमा परीक्षा केन्द्र तोकिन्छ । प्रवेश परीक्षा पास गरेका विद्यार्थी फेरी अनलाइन फारम भरेर भर्ना हुन्छन् । प्रवेश परीक्षामा ल्याएको अंक र बरियता अनुसार भर्ना गरी यस विश्वविद्यालयको विद्यार्थी बन्न सकिन्छ । फागुन र साउन महिना गरी बर्षमा दुई पटक भर्ना खुलाउने व्यवस्था गर्दै आएको छ ।

नेपालमा खुला विश्वविद्यालयको अभ्यास कस्तो रह्यो ?

विश्वविद्यालयले एमफिल, मास्टर्स र पिजी डिप्लोमामा २०७४ फागुन ३० गते भर्ना आवेदन मागेको थियो । जसका लागि ५ सय ८३ जनाले आवेदन दिएका थिए । परीक्षार्थीमध्ये ४ सय ६ जना प्रवेश परीक्षामा उत्तीर्ण भएका थिए । पाठ्यक्रम तथा पाठ्यपुस्तक कसरी उपलव्ध हुन्छ ?पाठ्यपुस्तक म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले सन् २००२ मा सबै पाठ्यक्रम र लेक्चरहरू विश्वका लागि विद्युतीय माध्यमबाट निःशुल्क उपलव्ध गराई खुला पाठ्यवस्तु अभियान सुरु गरेको थियो ।सन् २०१२ मा एमआईटी र हार्वर्ड विश्वविद्यालय मिलेर बृहत् खुला विद्युतीय पाठ्यवस्तु तयार गरेका थिए । यसरी कक्षा कोठामा सीमित रहने गरेको पढाइ र पाठ्यसामग्री सबैका लागि निःशुल्क उपलब्ध भएको थियो । खुला विश्वविद्यायमा अत्याधुनिक सूचना–प्रविधिको पहुँचसहितको सिकाइ भएकाले सम्पूर्ण पाठ्यसामग्री कुनै पनि विद्यार्थीले विश्वको कुनै पनि स्थानबाट चाहिएको समयमा ईन्टरनेटको माध्यमबााट प्राप्त गर्न सक्छ ।

खुला विश्वविद्यालयको शुल्क प्रक्रिया कस्तो छ ?

अरुभन्दा महँगो हुँदैन । तर, सुरुका वर्षहरूमा खास सस्तो पनि नहुन सक्छ । सबैका लागि अवसर दिने उद्देश्यले खोलिने हुनाले खुला विश्वविद्यालयमा केही सस्तो त पक्कै हुन्छ । प्रविधिमा धेरै लगानी गर्नुपर्ने हुनाले सुरुका वर्षहरूमा प्रतिविद्यार्थी लगानी धेरै पर्ने हुन्छ । तर, विस्तारै प्रतिविद्यार्थी लगानी कम हुँदै जान्छ । यसमा सरकारले कस्तो प्रकारको चासोका साथ सहयोगी भूमिका निभाउँछ, त्यो महत्वपूर्ण हुन्छ ।

परीक्षा कसरी लिइन्छ ? 

पढाइ घरमै बसेर हुने भए पनि परीक्षा भने विश्वविद्यालयले तोकेको स्थानमै गएर दिनु पर्ने हुन्छ । हाल विश्वविद्यालयले राखेको ७ ओटा सहायता केन्द्रमा गई परीक्षा दिन सकिन्छ ।

अनलाइनबाट कसरी परीक्षा शुल्क तिर्ने ?

प्रविधिको अधिकतम प्रयोग गर्दै यस विश्वविद्यालयको भर्ना, परीक्षा लगायत शुल्क समेत अनलाइनबाटै तिर्न सकिनेछ । यहाँ पढ्दा लाग्ने खर्चसमेत सरकारी विश्वविद्यालयकै हाराहारीमा रहेको छ ।पढ्न मन लागेमा के गर्ने ? यस विश्वविद्यालयमा पढाइ हुने विषयको जानकारी विश्वविद्यालयको आफ्नै वेबसाइटमा हेर्न सकिन्छ । आफूलाई पढ्न मन लागेको विषयको भर्ना मापदण्ड हेरी प्रवेश परीक्षा दिनुपर्ने हुन्छ । हाल फागुन र साउन महिना गरि बर्षमा दुई पटक भर्ना खुलाउने व्यवस्था रहीआएको छ ।नेपालमा यसको आवश्यकता कस्तो छ ? बसेर इन्टरनेट, कम्प्युटर र सञ्चारका विभिन्न माध्यमद्वारा अध्ययन गर्न सक्ने भएकाले खुला विश्वविद्यालय नेपाल जस्तो देशको लागि बढी उपयुक्त हुन्छ । नेपालमा उच्च शिक्षाका लागि योग्य विद्याथीमध्ये करिब १५ प्रतिशतमात्र भर्ना हुने गरेको विगतको तथ्यांकले देखाउछ । खुला तथा दूर शिक्षा कार्यक्रमअन्तर्गत ३० हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यसले पनि नेपालमा समयसीमा र कक्षाकोठाको परिधिबाहिर बसेर अध्ययन गर्नेको संख्या धेरै छ भन्ने पुष्टि हुन्छ ।