Bachelors Portal

सिटीजन कलेजमा स्टक पिचीङ प्रतिसपर्धात्मक कार्यक्रम सम्पन्न

काठमाडौँ: सिटीजन कलेज सातदोबाटो ललितपुरमा स्टक पिचीङ प्रतिसप्रर्धात्मक कार्यक्रम सम्पन्न भएको छ ।

शेयर बजारमा रहेका विभिन्न सेक्टरका स्टकलाई आधार मानेर विद्यार्थीहरु बिचमा गरिएको उक्त प्रतियोगीताले विद्यार्थीहरुमा सेकेन्डरी शेयर मार्केट को विश्लेषण गर्न सक्ने क्षमताको विकाश भएको छ । समग्र आठ टिम बिच भएको प्रतिसपर्धात्मक प्रिजेन्टेशन कार्यक्रममा आरति झाको टिमले प्रथम स्थान तथा आरक्ष प्रजापतिको टिमले द्धीतिय स्थान(रनर अप) हाँसील गरेका थिए ।

कलेजका प्राचार्य हरीकृष्ण अर्यालको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगीतामा निर्णायकको भुमिकामा त्रि.बि.का उप प्राध्यापक सुरेन्द्र महतो तथा नेपाल धितो पत्र बोर्ड (सेबोन) का उप निर्देशक अजय ढुगांना ले निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कलेजका प्राचार्य हरीकृष्ण अर्यालले कार्यक्रमले विद्यार्थी वर्गमा शेयर बजारको सचेतना प्रदान गर्दै लगानी गर्नका निमित्त आवश्यक बिश्लेषण गर्नसक्ने क्षमताको विकाश गरेको बताउनुभयो ।

कार्यक्रमका बिजेतालाई कलेजका प्राचार्य हरिकृष्ण अर्याल, राजकुमार प्याकुरेल, कार्यक्रम संयोजक मुस्कान खनालले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो भने, कार्यक्रमको सहजिकरण विद्यार्थी श्रेया विष्टले गर्नुभएको थियो ।

Thuprai - Books and E-books