वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल आदर्श माध्यमिक विद्यालय, गणबहालका प्रधानाध्यापक स्व हरिशंकर श्रेष्ठको अर्धकदको सालिकको विद्यालय हाताभित्र आज अनावरण गर्नुभयो ।
झण्डै चार दशकसम्म विद्यालयसँग आबद्ध रही स्व श्रेष्ठले शिक्षा र शिक्षालयको उन्नयनमा पु¥याउनुभएको योगदानको कदर स्वरुप विद्यालयका पूर्व विद्यार्थीहरूको पहलमा सालिक स्थापना गरिएको हो ।
विसं २०१२ साउन २२ गते शिक्षकमा रूपमा विद्यालय प्रवेश गर्नुभएका श्रेष्ठ त्यसको ६ महीना पछि प्रधानाध्यापक हुनुभएको थियो । शिक्षाप्रतिको लगाव र समर्पण देखेर त्यही वर्ष माघ २२ गते बसेको शिक्षक बैठकले उहाँलाई सर्वसम्मतिले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न आग्रह भए अनुसार उहाँले त्यसलाई स्वीकार्नुभएको थियो । एक्कासी वर्षको उमेरमा विसं २०७२ असार ३१ गते उहाँको निधन भएको थियो ।
विसं २००७ सालमा स्थापित नेपाल आदर्श विद्यालयका संस्थापक कृष्णहरि मूल हुनुहुन्थ्यो र उहाँको इन्द्रचोक, तढंचोकास्थित घरको ४÷५ वटा छिंडी तथा बगैंचामा निर्मित टहरामा कक्षा सञ्चालन हुन्थ्यो ।
सोही कार्यक्रम वाङ्मय शताब्दी पुरुष जोशीलाई नेपाल आदर्श विद्यार्थी परिवारले दोसल्ला ओढाई अभिनन्दन पनि गरेको थियो ।