Bachelors Portal

निजी विद्यालयको योगदान महत्वपूर्ण : प्रदेश प्रमुख कुँवर

चिप्लेढुङ्गा, १९ माघ (रासस) ः पोखराको पार्दीस्थित फिष्टेल एकेडेमीले हाम्रो स्थापनाको २५ वर्ष पूरा गरेका अवसरमा रजत जयन्ती मनाएको छ । 

आज गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले रजत जयन्तीको उद्घाटन गर्नुभयो । कुँवरले निजी विद्यालयले शिक्षाका क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । 

देशको शिक्षा विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको हुँदा शिक्षालाई व्यावसायिक र नाफामूलकभन्दा सेवामूलक बनाउनुपर्ने उहाँको भनाइ थियो । निजी क्षेत्रले शिक्षामा उच्च लगानी गरेको भन्दै त्यसलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले विद्यालयको गुणस्तरलाई अझै उच्च राख्दै सामुदायिक विद्यालयको सशक्तीकरणमा सरकारले ध्यान दिनुपर्ने र त्यहीअनुसार नीति निर्माणकोे आवश्यकता औँल्याउनुभयो । 

उक्त कार्यक्रममा नेपालका सरकारका सचिव एवं कायममुकायम महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमले शिक्षा सैद्धान्तिकभन्दा बढी व्यवहारिक र प्राविधिक हुनुपर्ने कुरामा जोड दिनुभयो । समृद्ध नेपाल निर्माणमा शिक्षाको विकास नै महत्वपूर्ण पूर्वाधार भएको र देशका सबै जनता र बालबालिकालाई सबैभन्दा पहिले शिक्षाको पहुँचभित्र ल्याउने सरकारको प्राथमिकता रहेको बताउनुभयो । 

सो अवसरमा गण्डकी प्रदेशका प्रदेशसदस्य कृष्ण थापा र कुमारबहादुर खड्का, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, अभिभावक प्रकाश बराल, पूर्वविद्यार्थी एवं नागरिक उड््डययन कार्यालय पोखराका अधिकृत विश्व शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

विद्यालयका संस्थापक प्राचार्य चिनु रानाभाटले गुणस्तरीय शिक्षाका लागि सधैँ लागिपरेको र मेहनतअनुसारको नतिजा पनि हासिल गर्दै गएको भन्दै आगामी दिनमा विद्यार्थीको सर्वा¬ङ्गीण विकासका लागि प्रविधिमैत्री शिक्षालाई जोड दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

समाज तथा शिक्षा विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ शिक्षा सेवी रामबहादुर ढकाल, राष्ट्रिय खेलकूद परिषद्का पूर्वखड्क रानाभाट युवा गायक विनोद बानियाँ र नेपाल सरकारका कायममुकायम महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई प्रदेश प्रमुख कुँवरले सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा विभिन्न विधामा विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीले नेपाली भाषा संस्कृति र राष्ट्रभावना झल्कने विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अञ्जु बस्नेत रानाभाटको अध्यक्षतामा भएको कार्यक्रम स्वागत विद्यार्थी सजिता गुरुङले गर्नुभएको थियो । 

Thuprai - Books and E-books