A Levels MA

५६० जनालाई विशेष प्रविधिक शिक्षा छात्रवृत्ति

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यलयले देशभरका ५६० जना विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

परिषद्ले प्रि डिप्लोमा तह र डिप्लोमा, प्रमाणपत्र तह अध्ययनका लागि विशेष प्रविधिक शिक्षा छात्रवृत्ति कार्यक्रममार्फत छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

सरकारको आर्थिक वर्ष २०७७–७८ को बजेट तथा कार्यक्रममा गरिएको व्यवस्था अनुसार प्रादेशिक सन्तुलन कायम हुने गरी संस्थागत पहुँच नपुगेका स्थानीय तहलाई प्राथमिकता दिने गरी छात्रवृत्ति प्रदान गर्न लागिएको परिषद्ले आज प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रि डिप्लोमा तहका ८० जना छात्राछात्र । डिप्लोमा, प्रमाणपत्र तह ४८० जनालाई छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरिएको परिषद्ले आज प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

सीटीइभीटीेले कुनै कार्यक्रम अध्ययन गर्न स्वीकृति पाएको शिक्षणसंस्थाले २० जनाको कोटा प्रदान गरेको भए १ जना, ३० वटा कोेटा भए २ जना, ४० वटा कोटा पाएकोले ३ जना र ४८ वटा कोटा पाएकोले ४ जनालाई वर्र्गीकृत निःशुल्क छात्रवृत्तिमा पढाउनुपर्ने व्यवस्था प्रि डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्वन्धी निर्देशिका, २०७७ ले व्यवस्था गरेको छ ।

सीटीईभीटीले परीक्षामा प्राप्त नम्बरका आधारमा छात्रवृत्तिका लागि सिफारिस गर्ने गरेको छ निर्देशक रमेश बखतीले बताए । सो छात्रवृत्ति सीटीइभीटीबाट सम्बन्धन पाएका निजी, साझेदारी, आगिंक, सामुदायिक विद्यायलले प्रदान गर्नु पर्ने हुन्छ । विश्वविद्यायल र विद्यालयमा विद्यार्थी भर्ना भएको संख्याका आधारमा छात्रवृत्ति प्रदान गर्ने व्यवस्था छ भने सीटीइभीटीमा विद्यार्थी भर्ना गर्न पाएको स्वीकृत कोटाकै आधारमा छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

४० जनाको स्वीकृत कोटामा १० जना मात्रै भर्ना भए पनि ३ जना विद्यार्थीलाई वर्गीकृत र १ जना जेहेन्दारलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्नुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ ।

सामुदायिक विद्यालयबाट एसईई दिएका विद्यार्थीलाई विशेष प्राथमिकता दिएर छात्रवृत्ति उपलब्ध गराउने गरिएको छ । सीटीइभीटीले साधारण समूह, लक्षित वर्ग (अपाङग, पूर्व कमैया÷हलिया, पिछडिएको दुर्गम क्षेत्र, दलित, महिला, आदिवासी जनजाती) को कोटा समेत आक्षरण गरेको छ ।

सीटीइभीटीले स्वीकृत कोटा अनुसार निर्धारण गरेको छात्रवृत्ति बाहेक प्रवेश परीक्षामा उत्कृष्ट एक जनालाई पनि छात्रवृत्ति दिनुपर्ने नियम बनाएको छ ।

परिषद्का प्रत्येक आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा संचालित शिक्षण संस्थाहरुमा शैक्षिक सत्र २०७७÷०७८ को लागि कार्यक्रम संचालन गर्न स्वीकृत पाएका प्रत्येक शैक्षिक कार्यक्रममा वर्गिकृत छात्रवृत्तिको लागि निर्धारित कुल संख्यालाई १०० प्रतिशत कायम गरी उक्त संख्यालाई ५०–५० प्रतिशतमा साधारण र लक्षित वर्ग गरी दुई समूहमा विभाजन गरी वगीकृत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा, एसईई, वा सो सरह उत्तीर्ण गरेका नेपाली नागरिकलाई प्रि—डिप्लोमा तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७७ को बुँदा नं. ८ को क्र.सं. ४ मा उल्लेख भए वमोजिमको संख्यामा निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

नेपालको सरकारी वा सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा, एस.ई.ई., वा सो सरह उत्तीर्ण योग्यता पुगेका नेपाली नागरिकहरुलाई लक्षित तथा साधारण समूहका निर्देशिकामा उल्लेख भए वमोजिमको प्रतिशतलाई सत प्रतिशत कायम गरी साधारण समूह अन्तर्गतको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा, एसईई वा सो सरह उत्तीर्ण गरेका लक्षित वर्गका नेपाली नागरिकहरुलाई निर्देशिकामा निर्धारित भए वमोजिमको प्रतिशतलाई सत प्रतिशत कायम गरी आरक्षित गरिएको प्रतिशतमा कार्यक्रम अनुसारलक्षित वर्ग समूह अन्तर्गत भर्ना पाउने विद्यार्थीको सिट संख्यामा निःशुल्क (वर्गीकृत) छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

प्रि—डिप्लोमा तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७७

Thuprai - Books and E-books