After SEE Portal

भक्तपुरका स्थानीय तहद्वारा उच्च शिक्षामा विशेष जोड, कतै प्राविधिक विषयमा छात्रवृत्ति, कतै ल्याबटप

Bridge Course

चाँगुनारायण नगरपालिकाको आफ्नो नगर क्षेत्र बसोवास गर्दै आएका विद्यार्थीलाई आगामी वर्ष छनाज्ञत्रावृत्ति प्रदान गर्ने भएको छ । चाँगुनारायणबासी जेहेन्दार एक जना छात्रा र एक जना छात्रलाई एमबीबीएस र ९ जनालाई इन्जिनियरिङमा छात्रवृत्तिमा प्रदान गर्ने भएको हो ।

नगरपालिकाले आगामी वर्ष २०७८–७९ को बजेटमा छात्रवृत्तिका लागि आवश्यक रकम विनियोजन गरेको छ । ‘नगरपालिकाले इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति र एमबीबीएस अध्ययनका लागि आवश्यक शुल्क व्यहोर्ने नीति लिएको छ ।’ नगर प्रमुख सोमप्रसाद मिश्रले भने, ‘नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, विपन्न तथा असहाय जेहेनदार विद्यार्थीको उच्च शिक्षा अध्ययनको लागि मेयर छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रतिवर्ष ९ जनासम्म इन्जिनियरिङमा छात्रवृत्ति तथा दुईजनालाई एमबीबीएसका लागि २ जनालाई छात्रवृत्ति प्रदान गर्छौं ।’

यस्तै नगरपालिकाले नगरपालिकाभित्रका विषयवस्तुलाई लिएर पिएचडीमा अनुसन्धान गर्न चाहने लाई अनुदान समेत प्रदान गर्ने भएको छ । त्यस्तै नगरपालिकाले सेवाअविधि पुगेका शिक्षकले स्वऐच्छिक अवकाश लिएमा गोल्डेन हेन्डसेक कार्यक्रम समेत लागु गर्ने भएको छ ।

त्यस्तै नगरभित्र संचालित विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षकहरूको लागि पुनर्ताजगी तालिम प्रदान गर्ने, शैक्षिक गुणस्तर विकासको लागि संघ, प्रदेश सरकारहरूसित समन्वय गरी आवश्यक व्यवस्था मिलाइने नीति तय गरेको छ ।

भक्तपुर नगरपालिकाले आफ्नो स्वामित्वका क्याम्पसमा नयाँ विषय सञ्चालन गर्ने

भक्तपुर नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममा आफ्नो स्वामित्वमा रहेका क्याम्पसहरुमा कृषि विज्ञान, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट, फार्मेसी एवं मेकानिकल इन्जिनियरिङ, विएस्सी नर्सिङ जस्ता नयाँ विषयहरू अध्यापन स्वीकृतिको लागि प्रकृया अगाडि बढाउने भएको छ।

कोभिडको कारण भौतिक उपस्थितिमा विद्यालयहरूमा कक्षा संचालन सम्भव नभएकोले नपाकै निर्देशनमा अनलाइन कक्षा संचालन हुँदै आएको छ । नगरपालिकाले इन्टरनेटको पहुँचबाट टाढा रहेको विद्यार्थीलाई लक्षित गरी नगरका मुख्य मुख्य क्षेत्रमा निःशुल्क वाइफाइको व्यवस्था गर्ने आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

नगरका सबै विद्यालयमा इन्टरनेट सेवाको पहुँच पुयाइने छ। १६० उच्च शिक्षा हासिल गर्ने गरिब परिवारका विद्यार्थीहरूलाई दिइँदै आएको रु ५ लाखसम्म शैक्षिक ऋण र भूगोल, इतिहास, राजनीतिशास्त्र, संस्कृति र नेपाल भाषा विषयमा उच्च शिक्षा हासिल गर्न चाहने नगरबासी विद्यार्थीहरूलाई दिइँदै आएको पूर्ण छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिने भएको छ ।

नगरभित्र संचालित सामुदायिक विद्यालयहरूमा कार्यरत इसिडी शिक्षकलाई दिइँदै आएको प्रोत्साहन रकमलाई निरन्तरता दिने भएको छ ।

ख्वप विश्वविद्यालयको स्थापनाको लागि प्रयास पनि नगरपालिकाले निरन्तर जारी राख्ने भएको छ ।त्यसको आवश्यक व्यवस्थाको लागि विज्ञहरूको समिति गठन गरी प्रकृया अगाडि बढाउने बजेटमा उल्लेख गरेको छ । नगरपालिकाद्वारा संचालित कलेजहरूको आयोजनामा इन्जिनियरिङ, वातावरण विज्ञान, वाणिज्यशास्त्र, समाजशास्त्र, गणित लगायतको विषय राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको गोष्ठीको आयोजना गरिनेछ । विद्यालय र कलेजका विद्याथीहरूको प्रतिस्पर्धी भावनालाई विकास गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समय(समयमा विज्ञान प्रदर्शनी, इन्जिनियरिङ प्रदर्शनी गर्नुका साथै इन्जिनियरिङ कलेजहरूको तर्फबाट राष्ट्रिय स्तरको रोबोट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

भक्तपुरको इतिहास, भूगोल, वास्तुकला, कला-संस्कृति, भाषा, सरसफाइ, खानेपानी लगायत अध्ययन अनुसन्धान गर्ने सोधकर्ताहरूको लागि प्रोत्साहन स्वरुप दिइदै आएको रकमलाई निरन्तरता दिने नीति लिएको छ ।

सूर्यविनायकले एसईईमा उत्कृष्ट छात्रछात्रालाई ल्यावटप दिने

भक्तपुरका अन्य स्थानीय तहले जस्तै सूर्यविनायक नगरपालिकाले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनको कार्य सम्पन्न गर्न रु १ करोड विनियोजन गरेको छ ।

सामुदायिक विद्यालयमा आवश्यक पूर्वाधार निर्माण एवं विद्यालयमा शुद्ध पिउने पानीको लागि पानी शुद्धीकरण प्रविधि जडान कार्यको थालनी, आधारभूत स्वास्थ्य सामाग्रीको उपलब्धता,अनलाइन कक्षा संचालनमा सहयोग पुर्याउन विद्यालयमा इन्टरनेट जडान गर्ने आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई उच्च शिक्षामा थप सफलताको लागि हौसला स्वरुप एक थान ल्यापटप प्रदान गर्ने भएको छ ।

बालबालिकामा रहेको अन्तर्निहित प्रतिभा र क्षमताको प्रस्फुटन तथा व्यक्तित्व विकासको लागि सञ्चालन गरिने अतिरिक्त क्रियाकलापका लागि बजेट विनियोजन गरेको नगरपालिकाले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books