आयोगले सामान्य परीक्षाको उत्तर पुस्तिका परीक्षण सुरु गरेको जनाएको छ ।
शिक्षक सेवा आयोगले गत चैत्र १५, १७, १९ र २१ गते सम्पन्न माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको सामान्य तर्फको परीक्षा सञ्चालन गर्यो ।
सय पूर्णाङ्कमा उत्तीर्णाङ ५० कायय गरी प्रति प्रश्न दुई नम्बरका दरले प्रश्न सोद्ने गरी पाठ्यक्रम तयार गरेर सार्वजर्निक गर्यो । पाठ्यक्रम सार्वजनिक गर्दाका समय लोक सेवाको सिको गर्यो भन्दै सारोकारवालाले खुब प्रशंसा गरे । पदाधिकारी अभाव लगायतका विभिन्न कारण देखाउँदै करिब पाँच वर्ष खुला तथा आन्तरिक प्रतियोगिताको विज्ञापन गर्न नसकेको आयोगले गत मंसिर २९ गते माध्यमिक तहका लागि १ हजार ५४७ दरबन्दीका लागि विज्ञापन गर्यो । भने, निम्न माध्यमिक तहको खुला तर्फको २ हजार ५९८ दरबन्दी र प्राथमिक तहको तृतीय श्रेणीमा खुला तर्फ १३ हजार ९३ पदका लागि पुस १४ गते विज्ञापन गर्यो ।
प्रश्नपत्र खरिद बिक्रीका लागि मोलमोलाइ भएका अडियो सार्वजनिक समेत गरे । उक्त कार्यले सामाजिक सञ्जालमा चर्चा पाइरहेको समयमा आयोग मौन बस्यो । सामाजिक सञ्जालका प्रतिक्रियाप्रति आफू जवाफदेही नभएको भन्दै पन्छियो । हुन पनि आयोगसंग विशिष्टीकरण तालिका छ । पाठ्यक्रममा नै के सोद्ने ? भनेर किटानी गरेको छ । मावि तहमा तालिकामा बौद्धिक परीक्षण ८ ओटा (१६ अंकको) सोद्ने भनिएको छ तर ६ वटा प्रश्न (१२ अंकको) मात्रै सोधिएको छ । शिक्षातर्फ १२ वटा सोधिने भनिएकोमा १६ वटा प्रश्न सोधिएको छ । निमावि तहमा बौद्धिक परीक्षणतर्फ पाँच वटा सोधिने (१० अंकको) भनिएकोमा तीन वटा (६ अंकको) मात्रै र समसामयिक विषयबाट तीनवटा प्रश्न सोध्ने भनिएको छ तर एउटा पनि प्रश्न सोधिएको छैन ।
आयोगले निर्धारित समयमा नै सामान्य विषयको परीक्षा सञ्चालन गर्यो । आयोगले प्रतियोगितात्मक परीक्षा सकिए लगत्तै आयोगले सञ्चालन गरेको परीक्षाको प्रश्नपत्रले सामाजिक सञ्जालमा आलोचित बन्यो । सरोकारवालाहरूले आयोगले वेइमानी गरेको भन्दै चर्को आलोचना गरे । विज्ञ, शिक्षक, र शिक्षा क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकारले विशिष्टीकरण तालिका अनुसार प्रश्न नसोधेको, बजारमा पाइने गाइडबाट प्रश्नपत्र हुबहु कपि गरेको, र कतिपय ट्युसन सेन्टर तथा ट्युटरले आफ्नो हेन्स आउट तथा सेन्टरले तयार गरेको सामग्रीबाट ९० प्रतिशत प्रश्नपत्र सोधेको सामाजिक सञ्जालमा दाबी गरे । प्रश्नपत्र खरिद बिक्रीका लागि मोलमोलाइ भएका अडियो सार्वजनिक समेत गरे । उक्त कार्यले सामाजिक सञ्जालमा चर्चा पाइरहेको समयमा आयोग मौन बस्यो । सामाजिक सञ्जालका प्रतिक्रियाप्रति आफू जवाफदेही नभएको भन्दै पन्छियो । हुन पनि आयोगसंग विशिष्टीकरण तालिका छ । पाठ्यक्रममा नै के सोद्ने ? भनेर किटानी गरेको छ । मावि तहमा तालिकामा बौद्धिक परीक्षण ८ ओटा (१६ अंकको) सोद्ने भनिएको छ तर ६ वटा प्रश्न (१२ अंकको) मात्रै सोधिएको छ । शिक्षातर्फ १२ वटा सोधिने भनिएकोमा १६ वटा प्रश्न सोधिएको छ । निमावि तहमा बौद्धिक परीक्षणतर्फ पाँच वटा सोधिने (१० अंकको) भनिएकोमा तीन वटा (६ अंकको) मात्रै र समसामयिक विषयबाट तीनवटा प्रश्न सोध्ने भनिएको छ तर एउटा पनि प्रश्न सोधिएको छैन ।
मावि तह तथा निमावि तहको परीक्षा दिएका परीक्षार्थीले लापरबाहीपूर्ण प्रश्न सोधिएको सार्वजनिक रुपमा उद्घोष गर्दै आए । पहुँच हुनेले सञ्चार माध्यमबाट र नहुनेले आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गरे । धेरैले गलत प्रश्न सोधेको, भने भने केहीले प्रश्नपत्र र परीक्षामा विष्वश्नीयता नभएको हुँदा पुनः परीक्षा हुनुपर्ने माग गर्दै आएका छन् ।
लामो समय रिकत रहेको पदाधिकारी नियुक्ति बखत पनि पदाधिकारीका विषयमा आफ्नो उद्देश्य प्राप्तिका लागि ऐन नियम मिचेर आएका व्यक्तिलाई पदाधिकारी नियुक्त गरिएको भन्दै सञ्चार माध्यममा समाचार संप्रेषण गरिएको थियो । उक्त समाचारलाई सम्बन्धित निकायले वेवास्ता गर्यो ।अहिलेको परीक्षा उक्त वेवास्ताको नतिजा भएको परीक्षार्थीले आरोप लगाउँदै आएका छन् ।
लामो समय रिकत रहेको पदाधिकारी नियुक्ति बखत पनि पदाधिकारीका विषयमा आफ्नो उद्देश्य प्राप्तिका लागि ऐन नियम मिचेर आएका व्यक्तिलाई पदाधिकारी नियुक्त गरिएको भन्दै सञ्चार माध्यममा समाचार संप्रेषण गरिएको थियो । उक्त समाचारलाई सम्बन्धित निकायले वेवास्ता गर्यो ।अहिलेको परीक्षा उक्त वेवास्ताको नतिजा भएको परीक्षार्थीले आरोप लगाउँदै आएका छन् ।
लामो समयदेखि शिक्षामा कलम चलाउँदै शिक्षा पत्रकार प्रकृति अधिकारीले आयोगको परीक्षाको विषयलाई लिएर आफ्नो फेसबुक पेजमा शिक्षक सेवा आयोगमाथि उब्जिनुपर्ने नैतिक प्रश्न भन्दै आयोगलाई नैतिक प्रश्न उठाएका छन् । ‘शिक्षक पदको खुला प्रतियोगिताको लिखित परीक्षाका प्रश्नप्रति प्रायः सकारात्मक धारणा देखिएको छैन । पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको, गल्ती प्रश्न सोधिएको, बजारका गाइडबाट हुबहु सोधिएको, अपूर्ण प्रश्न लगायतका आमधारणा र गुनासो छरपस्ट भएका छन् । ती गाइडमा दिइएका प्रश्नको भाषा, शैली, उद्धरण, ह्रश्व, दीर्घ लगायत सबै हुबहु मिल्छन् । आयोगले आफ्ना कर्मचारीलाई नै प्रश्नपत्र बनाउन लगाएको भए भैहाल्थ्यो । आयोगका सबै कर्मचारीका घरमा सामान्यज्ञान लगायतका किताब पक्कै छन् । दुःख गरिरहनु पर्ने थिएन । किन विशेषज्ञ वा विज्ञ आवश्यक पथ्यो र ?’ उनले प्रश्न गरेका छन्, ‘विकल्पहरुमा एकरुपता छैन । ग्रिड र पाठ्यक्रम पालना भएन । प्रश्नका उत्तर गाइड वा किताबमा भेटिनु कुनै कमजोरी होइन तर प्रश्न र विकल्पसमेत हुबहु हुनुमा गम्भीर शंका हुन्छ । तसर्थ प्रश्न निर्माणकर्ता र मोडरेटरलाई स्पष्टीकरण सोध्ने, आइन्दा प्रश्नपत्र निर्माणमा सहभागी नगराउने र उनीहरुलाई पारिश्रमिक पनि उपलब्ध नगराइ नसिहत दिनैपर्छ । आयोगका पदाधिकारीहरुमा नैतिकता छ भने मात्र । आयोगले काम नगरोस् । बजारमा व्यापक भएको भिडियोको पनि छानविन होस् । तथाकथित विज्ञ वा आफ्ना निकटपात्रलाई विज्ञ बनाउने प्रवृत्ति आइन्दा नदोहोरियोस् । बजारमा पाइने गेसपेपर र गाइडबाट हुबहु प्रश्न सार्ने विज्ञको हैसियत स्कुले विद्यार्थीभन्दा निकै तल छ’ भनेका छन् ।
परीक्षा सकिएको एक सातापछि आयोगले मुख खोलेको छ ।सूचनामा परीक्षा विश्वसनीय छ भनेको छ ।
यति मात्र होइन कालीकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेतलगायतका जिल्लाका परीक्षार्थीबाट प्रति व्यक्ति दुई लाख रुपियाँ असुलेर कालीकोट गेला निवासी जगत शाही र उनका सहयोगी मनराज शाही फरार भएका छन् । उनीहरुले सार्वजनिक रुपमा नै आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ छ भन्दै परीक्षार्थीबाट करिब ५०–६० लाख रकम उठाएर फरार भएको समाचार बाहिरियो । आयोगले तत्कालीन समयमा आधिकारिक जानकारीनआएको भन्दै प्रतिक्रिया दिन चाहेन । तर परीक्षा सकिएको एक सातापछि आयोगले मुख खोलेको छ ।सूचनामा परीक्षा विश्वसनीय छ भनेको छ ।
आयोगले सूचना जारी गर्दै, ‘परीक्षा व्यवस्थित र मर्यादित रुपमा सञ्चालन भएको जनाएको छ । आयोगले जारी गरेको सूचनामा परीक्षाको मूल्य, मान्यतालाई आत्मसात् गरी निष्पक्ष, वस्तुनिष्ट, स्वच्छ र विश्वसनीय ढङ्गबाट कार्यसम्पादन गर्दै आएको छ र भविष्यमा पनि यसमा अझ सुधार गर्दै आफ्ना काम कारवाहीलाई अगाडि वढाउने प्रतिवद्धता व्यक्त गर्दछ ।’ भनेको छ ।
परीक्षाका विषयमा विभिन्न किसिमका प्रतिक्रियाहरु आएको विषयलाई आयोगले गम्भीरतापूर्वक लिएको सूचनामा उल्लेख छ ।
‘परीक्षाको सम्बन्धमा सामाजिक सञ्जाल लगायत विभिन्न सञ्चार माध्यममा प्रकाशित तथ्यहीन एवम् भ्रामक प्रतिक्रिया र समाचारप्रति आयोग दुखः ब्यक्त गर्दछ ।’ सूचनामा भनिएको छ, ‘परीक्षा सञ्चालन पछिका नतिजा प्रकाशन तथा सिफारिससम्मका कार्यलाइ जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि आवश्यक कार्यहरु सुरु गरिएको छ । यस विषयमा कहीं कतै र कसैबाट आयोगलाई लाञ्छित गरी भ्रामक अफवाह फैलाउने र परीक्षार्थीहरुलाई विभिन्न प्रलोभनमा पारी नाजायाज फाइदा लिन खोज्नेहरुप्रति कसैले पनि विश्वास नगर्न र यस प्रकारका दुश्चेष्टाहरुको पछि नलाग्न सम्बन्धित पक्षलाई अनुरोध समेत गरिएकोछ । यस्ता अमर्यादित कार्य हुन लागेको वा भएको कुरा थाहा पाउने व्यक्तिहरुले समयमै आयोगलाई जानकारी गराई परीक्षाको निष्पक्षता र विश्वसनीयता कायम राख्न योगदान पुर्याउनु हुन समेत आयोग सबैमा अनुरोध गर्दछ ।’
आयोगले सामान्य परीक्षाको उत्तर पुस्तिका परीक्षण सुरु गरेको जनाएको छ ।