कुनै समय विद्यालयको प्राधानाध्यापक बनेका अग्नीप्रसाद सापकोटा सभामुख भएका छन् ।
सापकोटा २०३२ सालदेखि १५ वर्षसम्म शिक्षण पसामा आवद्ध भएका थिए । सिन्धुपाल्चोकको साँगा चोकस्थित जनजागृति माविका पूर्व प्रधानाध्यापक अन्ततः संघीय संसदको सभामुख बनेका छन् ।
एक दशक शिक्षक र माध्यामिक तहको प्रधानाध्यापकसम्म रहिसकेका उनी आजबाट सभामुख भएका हुन् । सिन्धुपाल्चोकको कुभिन्डेमा २०१६ साल फागुन २४ गते जन्मिएका सापकोटा राजनीतिमा आउनुअघि शिक्षक थिए ।
सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । शिक्षण पेसामा रहँदा नै उनी कम्युनिस्ट पार्टीमा आवद्ध भए ।आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।