After SEE Portal

चिकित्सकको नाम दर्ता परीक्षाको केही सुध्रियो

Bridge Course

नेपाल मेडिकल काउन्सिलको  ६७ औं औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) ४६ प्रतिशत चिकित्सक लाइसेन्स लिन सफल भएका छन् । यो भन्दा आगाडिको ६६औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ३८.३९ प्रतिशत चिकित्सक उत्तीर्ण  भएको थिए । अघिल्लो परीक्षाको तुलनामा ७.६१ प्रतिशत बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलको ६५ औं लाइसेन्स परीक्षा ३८.३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । काउन्सिलले गत जेठ १७ देखि १९ गतेसम्म परीक्षा सञ्चालन गरेको  थियो । 

६४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा ४२.३२ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । परीक्षामा २ हजार ६० जना सहभागी भएका थिए । जसमध्ये ८ सय ६३ जना उत्तीर्ण भएका थिए । काउन्सिलले २०८० असोज १० देखि १२ गतेसम्म सञ्चालन गरेको परीक्षामा  ४६ प्रतिशत चिकित्सक मात्र पास हुन सफल भएका हुन् ।

सो परीक्षामा मेडिकल तर्फ १, हजार ४९१ र डेण्टल तर्फ ३२० गरी जम्मा १ हजार ८११ जना परीक्षार्थीहरु सहभागी भएकोमा मेडिकल तर्फ ६६२ (४४.४०) र डेण्टल तर्फ १७१ (५३.४४) परीक्षार्थी उत्तीर्ण  भएको काउन्सिलले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

 

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले  पैंतीस (३५) दिन भित्र पूनर्योगका लागि रु. १ हजार ५००  रुपियाँ दस्तुर बुझाई आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

A Levels MA