Bachelors Portal

विद्यार्थीलाई सोलार टुकी वितरण

Managed Admission 2022

तुलसीपुर, २३ भदौ (रासस) ः बत्ती नहुँदा पढाइबाट बञ्चित भएका यहाँका विद्यार्थीलाई पढ्न सहयोग पु¥याउने उद्देश्यले १४६ वटा सोलार टुकी प्रदान गरिएको छ । 

शान्तिनगर गाउँपालिकाले ३९औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज विभिन्न विद्यालयका विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको हो । 

न्यून आय भएका पहाडी क्षेत्रका चार विद्यालयका विद्यार्थीलाई सोलार टुकी वितरण गरेको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो । 

सो गाँउपालिकाका पहाडी बस्तीमा विद्युत् नपुग्दा साँझमा विद्यार्थीलाई पढ्न समस्या हुँदै आएको छ । सो क्षेत्रका चार विद्यालयका ४०० यस्ता विद्यार्थीले अध्ययन गर्ने गरेको र सबैलाई सोलार टुकी वितरण गर्ने गाँउपालिकाले योजना बनाएको छ । 

Select college / campus