छ विश्वविद्यालयका उपकुलपतिहरुको कार्यकाल सकिदै

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिहरुको कार्यकाल आज सकिएको छ , त्यस्तै अन्य पाँच ओटा विश्वविद्यालयका उपकुलपतिहरुको कार्यकाल सुक्रबार सकिदै छ ।

पूर्वाञ्चल, नेपाल संस्कृत, मध्यपश्चिमाञ्चल, कृषि तथा वन र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति शुक्रबार बाहिरिनेछन् ।

त्रिभुवन विश्वविद्यालयका तीर्थराज खनियाँ, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपेन्द्र कोइराला, नेपाल संस्कृत विश्वविद्यालय कुलप्रसाद कोइराला, कृषि तथा वनविज्ञान विश्वविद्यालयका ईश्वरीप्रसाद ढकाल, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी भूषण श्रेष्ठ र पूर्वाञ्चल विश्व विद्यालयका प्रा.डा घनश्यामलाल दास उपकुलपति पदमा रहेका थिए ।

 सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी उपकुलपति भूषण श्रेष्ठ पहिलो महिला उपकुलपति हुन । सबै उपकुलपतिहरु आ–आफ्नो कार्यकालमा विभिन्न उपलब्धि भएको जिकिर गरेका छन् ।

 आफ्नो कार्यकालमा जे जस्तो परिवर्तन भयो, सो विश्वविद्यालयको हितको लागि रहेको भन्नेमा दावि गर्छन् । जबकि राजनीतिक भागबन्डामा नियुक्त अधिकांश उपकुलपतिको कार्यकाल भने विवादकै सेरोफेरोमा रहेर सकिँदै छ ।