तीन वर्षमा शिक्षामा उल्लेख्य सुधारः प्रधानमन्त्री ओली

शिक्षाको क्षेत्रमा उल्लेख्य सुधार भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । सरकारको तीन वर्से कार्याकालको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले प्राथमिक तहको भर्नादर तीन वर्षको अवधिमा वृद्धि भएर १२ प्रतिशतबाट ८६ प्रतिशत पुगेको जानकारी दिए । ‘संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफको   विश्वप्रतिवेदन अ वल्ड रेडि टु लर्नलाई गत वर्षको सम्बोधनमा उल्लेख गरेको थिए । यसमा नेपालले पछिल्ला  समय शिक्षामा गरेको सुधारको प्रसंशा  गरेको थियो ।’ उनले भने, ‘त्यसमा सन् २००० यता १७ वर्षमा  विद्यालय भर्नादर १२ प्रतिशत बाट ८६ प्रतिशत पुगेको उल्लेख गरेको छ ।’

उनले आधारभूत तहको खुद भर्ना दर ९२.३ बाट ९३.४ माध्यमिक तहमा खुद भर्नादर माध्यमिक तह (९देखि १२) मा खुद भर्नादर ४३।९ बाट ४७.६ प्रतिशत पुगेको बताए ।

छ वर्षमाथिको साक्षरता दर ७८ प्रतिशतबाट ८५ प्रतिशत पुगेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी अन्तर्गत सञ्चालित शिक्षालय २९२ स्थानीय तहमा पुगेका छन् । यस्ता शिक्षालयको सङ्ख्या ५७० बाट एक हजार ४२ पुगेको छ । तीन शिक्षालयबाट ६५ हजार ४९७ जनाले तालीम प्राप्त गरेको जानकारी दिए ।