Bachelors Portal

ईडियूसञ्जालसंग सेफर्ड कलेजको समझदारीपत्रमा हस्ताक्षर, सहकार्य गर्ने प्रतिवद्धता

काठमाडौं । शिक्षा क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सेफर्ड कलेजईडियूसञ्जाल मिडियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राजधानीमा एक कार्यक्रमका बिच कलेजको तर्फबाट डाइरेक्टर तरुणप्रताप साह र ईडियूसञ्जालका तर्फबाट बिजनेस डेभपलमेन्ट मेनेजर राजन कोइरालाले समझदारीपत्रमा हस्ताक्षेर गरेका हुन् ।

मिडिया प्रविधिसम्बन्धी शिक्षा दिने मुलुककै एक मात्र कलेज सेफर्डले विद्यार्थीमा व्यावहारिक ज्ञान बढाउने उद्देश्यले एडुसञ्जालसँग समझदारी गरेको जनाएको छ । 

                           


समझदारी अनुसार ईडियूसञ्जाल मिडिया प्रालिबाट सिफारिस भई बिएमटी र एमएमटी कार्यक्रमका लागि आउने विद्यार्थीलाई सेफर्डले सहुलियत छात्रवृत्ति उपलब्ध गराउने छ ।

ईडियूसञ्जालले आफूलाई आवश्यक पर्ने प्रशिक्षार्थी सेफर्डका विद्यार्थीबाट छानेर लिनेछ । त्यसरी छानिने प्रशिक्षार्थीलाई एडुसञ्जालले पारिश्रमिक समेत उपलब्ध गराउने सर्त समझदारीपत्रमा उल्लेख छ । 
इन्टर्न छनोट गर्दा एडुसञ्जालले सेफर्ड कलेजका विद्यार्थीलाई पहिलो प्राथमिकता दिनेछ । त्यसैगरी ईडियूसञ्जाल र यसका सदस्यहरुलाई सेफर्डले बेलाबेलामा अतिथि वक्ताको रुपमा कलेज बोलाएर उनीहरुको ज्ञान, अनुभव, यस उद्योगसँग सम्बन्धित विविध जानकारी एवं चुनौतीबारे प्रवचन दिन लगाउनेछ । 

सेफर्डले मिडिया उद्योगलाई आवश्यक पर्ने प्राविधिक र व्यावहारिक ज्ञानसहितको जनशक्ति तयार गरिरहेको जनाएको छ । यो सहकार्यले मिडिया उद्योगका लागि सक्षम जनशक्ति उत्पादनमा सहयोग गर्ने विश्वास गरिएको छ ।

यस्तो सीपले सेफर्डका ग्राजुएटलाई रोजगारी प्राप्त गर्न सजिलो हुने सेफर्डको विज्ञप्तिमा उल्लेख छ ।

Thuprai - Books and E-books