After SEE Portal

शंखरापुर नगरपालिका साक्षर घोषित

Bridge Course

शंखरापुर नगरपालिका आजदेखि साक्षर भएको छ । नगरपालिकाको साक्षरता प्रतिशत ९६ दशमलव ३ प्रतिशत पुगेको हुनाले नगरपालिकालाई आज एक कार्यक्रमका बीच साक्षर नगरपालिका घोषणा गरिएको हो ।

साक्षर नगरपालिका घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ट नेता माधबकुमार नेपालले नगरपालिकालाई चाँडै पूर्ण साक्षर बनाउनु पर्ने बताए ।

‘संवृद्ध नेपाल निर्माणका लागि सबै साक्षर हुनुपर्छ ।’ उनले भने, ‘नगरको संवृद्धि भएमामात्र राष्ट्र संवृद्ध हुन्छ त्यसैले यसका लागि सबैको ध्यान जानुपर्छ ।’

नगरपालिकामा रहेका १३ सय निराक्षरलाई साक्षरता शिक्षा, कार्यमुलक साक्षरता, निरन्तर शिक्षा र डिजिटल शिक्षा कार्यक्रम सञ्चालन गरी साक्षर बनाइएको नगर शिक्षा शाखा प्रमुख बौधराज निरौलाले जानकारी दिए ।

सो कार्यक्रममा नगरपालिकाले आयोजना गरेको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन गरिएको थियो ।

विजेतालाई पुरस्कार वितरण गरिएको थियो । प्रतिोगितामा नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयका प्रतिस्पर्धा गराइएको थियो ।

सो प्रतियोगितामा भलिवल, दौड, कराते लगायतका खेल २४ खेलाइएको थियो । पहिलो इभरग्रिन इङ्लिस बोडिङ स्कुल, दोस्रो उग्रतारा र तेस्रो भाग्योदय माविले अधिकांश खेलको विजेता भएको शाखा प्रमुख निरौलाले जानकारी दिए ।

A Levels MA