After SEE Portal

सेमेष्टर प्रणालीले सिक्ने र सिकाउने शैलीमा परिवर्तन

Bridge Course

काठमाडौँ, ८ जेठ (रासस): सेमेष्टर प्रणाली कार्यान्वयनका कारण सिक्ने र सिकाउने शैलीमा परिवर्तन आएकाले त्रिभुवन विश्वविद्यालयले यसलाई थप सुदृढ बनाउने भएको छ । सेमेष्टर प्रणालीलाई आधुनिक, गुणस्तरीय एवं विश्वस्तरीय बनाउन विश्वविद्यालयले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श गरेको छ ।

सेमेष्टर प्रणालीलाई थप शक्तिशाली बनाई शिक्षक केन्द्रित प्रणालीबाट विद्यार्थीका रचनात्मक क्षमता र व्यावहारिक ज्ञानलाई ज्ञान तथा सीप आर्जनको वातावरणमा लाग्न जोड दिइएको छ । 

सो प्रणालीमा कक्षा सञ्चालन भइरहेका उपत्यका बाहिरका १६ आंगिक क्याम्पसबाट ३२ र अन्य उपत्यकाका विभिन्न आंगिक क्याम्पससमेत गरी ८० जना अन्तक्र्रियामा सहभागी रहेका थिए।

विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँले सिकाइ आफँैमा जटिल एवं दायरा फराकिलो भएकाले शिक्षकले जानेको ज्ञान मात्रै अन्तिम ज्ञान नभएको बताउनुभयो । 

उहाँले विश्वव्यापी भूमण्डलीकरणका कारण सिक्ने र सिकाउने प्रणालीमा परिवर्तन आएको हुनाले उक्त प्रणालीलाई थप व्यवस्थित एवं सृदृढ बनाउँदै लैजाउनुपर्नेमा जोड दिनुभयो ।

शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले सो प्रणालीले कक्षाकोठामा अन्तक्र्रियाको वातावरण निर्माण गर्दै विद्यार्थीलाई निष्क्रिय हुनबाट जोगाउने बताउनुभयो । 

रजिष्ट्रार डिल्लीराम उप्रेतीले शिक्षण विधिमा भएको विश्वव्यापी परिवर्तनलाई आत्मसात् गर्दै सूचना तथा प्रविधिको प्रयोगबाट कक्षाकोठामा सिकाइको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । त्रिविले चार वर्ष अघि सेमेष्टर प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।

A Levels MA