After SEE Portal

‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट पाँच टोली छनोट

Bridge Course

काठमाडौं विश्वविद्यालय अन्तर्गतको हल्ट प्राइज कमिटीले आयोजना गरेको ‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट पाँच टोली छनोट भएका छन् ।

सेमीफाइनलबाट फाइनमा  डा. फिश, लेडीज विथ ए ल्याम्प, हेम्पायर, द अपसाइकलर्स र कोडोको पुगेका हुन् ।

शनिवार काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट(कुसोम) को कार्यालय बालकुमारीमा भएको सेमिफाइनलमा १३ वटा टोलीबाट उत्कृष्ट पाँच टोली फाइनल चरणमा पुगेका हुन् ।

क्यानेडियन स्टडी सेन्टर र अग्नि महिन्द्रा समूहको सहयोगमा आयोजित ‘हल्ट प्राइज’ प्रतियोगितामा काठमाडौं विश्वविद्यालय अन्तर्गतका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको १३ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिस्पर्धी समूहले प्रस्तुत गरेको उत्कृष्ट बिजनेस आइडियाका आधारमा उत्कृष्ट ५ टोली छनोट गरिएको हो । अब यी ५ टोलीहरु बिच फाइनल चरणमा पुनः प्रतिस्पर्धा भइ उत्कृष्ट एउटा टोली छनोट हुने आयोजक कमिटीका प्रमुख साशा सुनुवारले जानकारी दिइन् ।

उनकाअनुसार उत्कृष्ट बन्ने एक टोलीले पछि काठमाडौं विश्वविद्यालयको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा हुने अर्को प्रतिस्पर्धामा भाग लिने पाउने छन् ।

 यस प्रतियोगिताको फाइनल चरणको प्रतिस्पर्धा आगामी फागुन १५ गते मंगलबार काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजना हुने सुनुवारले जानकारी दिइन् ।

प्रतिस्पर्धी टोलीहरुको मूल्याङ्कन आइआइडीइ नेपालकी लर्निङ एण्ड डेभलपमेन्ट प्रमुख अन्चिता भिम्सारिया, च्यौ बायो टेक्नोलोजीका संस्थापक एवं र इन्जिनियर गुञ्जन घिमिरे, पार्थ स्टुडेन्ट उद्यमका सह–संस्थापक रुबी शाह तथा कारोबर एपका संस्थापक समिर फुयाँलसहितको निर्णायक मण्डलबाट भएको थियो ।

प्रतिस्पर्धीहरुले विजनेश आइडिया बारे भिडियो प्रस्तुति गर्दै त्यसैको आधारमा प्रश्नोत्तरमा सहभागी भएका थिए ।

 

A Levels MA
Thuprai - Books and E-books