
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। एसईईको नतिजा प्रकाशनका सन्दर्भमा शुक्रबार गरिएको डेमो सकिएसङ्गै नतिजा प्रकाशन अन्तिम चरण्मा पुगेको छ ।
बोर्डका अनुसार नतिजा प्रकाशित गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको र आजको लागि बोर्ड बैठक भरे ६ बजे निर्धारित गरिएको छ। बोर्डका अनुसार कुनै ठूलो समस्या नआए आजै एसइईको नतिजा सार्वजनिक गरिनेछ |
यस वर्षको एसईई परीक्षा चैत्र ७ देखि शुरु भइ चैत्र १९ सम्म सञ्चालन भएको थियो। यस वर्षको एसईई परीक्षा २,०७९ परीक्षा केन्द्रहरूमा सञ्चालन गरिएको थियो। कुल ५,१४,०७१ विद्यार्थीले परीक्षा दिएका थिए, जुन संख्या गत वर्षको ४,६४,७८५ विद्यार्थीभन्दा बढी हो |
बोर्डका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले एसईई परीक्षामा २,५६,३११ छात्र, २,५७,७३० छात्रा र ३० जना अन्य विद्यार्थी रहेका छन्। देशभर ५० वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको थियो।
बोर्डले २०७८ सालको ग्रेडिङ निर्देशिका अनुसार नतिजा सार्वजनिक गर्नेछ। यो निर्देशिका २०७८ पौष ७ गते जारी गरिएको थियो र पहिलो संशोधन २०७८ फागुन १७ गते गरिएको थियो।
विगतमा देखिने गरेका त्रुटि र पुनर्योगको समस्याबारे डा. भट्टराईले मानवीय कारणले त्यस्तो हुने गरेको स्वीकार्दै यस वर्ष त्यस्ता त्रुटिहरू कम गर्न शिक्षकहरूलाई विगतका गल्तीबारे अभिमुखीकरण गराइएको र प्रत्येक परीक्षकले जाँच्ने उत्तरपुस्तिकाको सङ्ख्या सीमित गरिएको उहाँले बताउनुभयो। उहाँले जानाजान त्यस्ता गल्ती गरेको पाइएमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
डा. भट्टराईद्वारा एसईईको नतिजा प्रकाशनबारे गरिएका चर्चाबारे जानकारीका लागी यस लिङ्कमा जानुहोला |
एसईई नतिजा सम्बन्धी नियमित अपडेटको लागि इडियुसञ्जालको फेसबुक पेज लाइक र फलो गर्नुहोस्। विगतमा देखिने गरेका त्रुटि र पुनर्योगको समस्याबारे डा. भट्टराईले मानवीय कारणले त्यस्तो हुने गरेको स्वीकार्नुभयो। यस वर्ष त्यस्ता त्रुटिहरू कम गर्न शिक्षकहरूलाई विगतका गल्तीबारे अभिमुखीकरण गराइएको र प्रत्येक परीक्षकले जाँच्ने उत्तरपुस्तिकाको सङ्ख्या सी
नतिजा सार्वजनिक भएपछि see.edusanjal.com मा हेर्न सकिनेछ।