Bachelors Portal

एसईई फेलले पनि प्री डिप्लोमा कोर्स गर्न पाउने

Managed Admission 2022

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) को प्री डिप्लोमा कोर्स गर्न अब माध्यमिक शिक्षा परीक्षा (एसईई) अनुत्तीर्णले पनि पाउने भएका छन् ।पहिलो पटक लेटर ग्रेडिङ्ग पद्धति, २०७८ अनुसार एसईईको नतिजा सार्वजनिक भएपछि  सीटीईभीटीले यस्तो निर्णय गरेको हो ।

सीटीईभीटीले प्री डिप्लोमा कोर्स गर्न एसईई अनुत्तीर्णलाई समेत अवसर दिने निर्णय गरेसंगै एसईईमा अनुत्तीर्ण भएका विद्यार्थीलाई यो कोर्स गर्न दिने निर्णय गरेसंगै ९० हजार ८८८ जना विद्यार्थीको एक वर्ष खेर नजाने लक्ष्यका साथ यस्तो निर्णय गरिएको सीटीईभीटीले जानकारी दियो ।

यस अघि यो कोर्स गर्नका लागि प्रि–डिप्लोमा तहको प्रवेश परीक्षामा समावेस हुनको लागि अक्षराङ्कन पद्धति लागू हुनु पूर्वः मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण, अक्षराङ्कन पद्धति लागू भए पश्चात र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट लेटर ग्रेडिङ्ग पद्धति, २०७८ लागू हुनु पूर्वः एस.ई.ई का सम्पूर्ण विषयको परीक्षामा समावेस भई न्यूनतम ई ग्रेड प्राप्त गरेको, अक्षराङ्कन पद्धति लागू भए पश्चात र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट लेटर ग्रेडिङ्ग पद्धति, २०७८ लागू भए पश्चातः एस.ई.ई का सम्पूर्ण विषयको परीक्षामा समावेस भई ग्रेड सिट प्राप्त गरेको हुनु पर्ने व्यवस्था सीटीईभीटीले गर्दै आएको थियो ।

सीटीईभीटीले २३ वटा विषयमा १८ महिने प्री डिप्लोमा कोर्स सञ्चालन गर्दै आएको छ ।  यो कोर्समा १२ महिना सैद्धान्तिक कक्षा र  ६ महिने ओजेटी (अन द जब ट्रेनिङ) र कुनै प्रोग्राममा १५ महिने सैद्धान्तिक र तीन महिनाको ओजेटी कक्षा सञ्चालन गर्दै आएको छ । 

प्रि–डिप्लोमा ईन एग्रिकल्चर (प्लान्ट साइन्स),प्रि–डिप्लोमा ईन लाइभस्टक प्रडक्सन÷एनिमल हेल्थ प्रि–डिप्लोमा  लगायत २३ वियामा अध्यापन गराउँदै आएको छ ।

ष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको २०८० सालको एसइई पूरक परीक्षामा   ५६ दशमलब ७८ प्रतिशत उत्तीर्ण भएका थिए । सो परीक्षामा दुई लाख १० हजार ३२१ जनाले आवेदन फाराम भरेकोमा एक लाख १९ हजार ४२५ जना उत्तीर्ण भएका हुन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार करिब तीन हजार अनुस्थित छन् । अनुपस्थित र ननग्रेडेड ९एनजी० प्राप्त गर्ने परीक्षार्थी ९० हजार ८८८ छन् । ती सबैले यो कोर्स गर्न पाउने भएको सीटीभीटी परीक्षा नियन्त्रण कार्यालयले जानकारी दियो ।

२०८० को एसईईमा भने ४७ दशमलब ८६ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएका थिए परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । सो परीक्षामा ५१दशमलब १४ प्रतिशत विद्यार्थी ननग्रेडेडमा परेका थिए ।  परीक्षामा ४ लाख ६४ हजार ७५८ जना सहभागी भएका थिए ।

लेटर ग्रेडिङ निर्देशिका  २०७८ अनुसार नतिजा प्रकाशन गरेको छ । निर्देशिका अनुासार  सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) ल्याएका हुन् । 

Select college / campus