काठमाडौं मेडिकल कलेज (केएमस) बागबजारमा प्लस टु अध्ययन गरेका करिब बिस हजार बढी संगठित सदस्य भएको केएमसी पूर्व विद्यार्थी संघको दोस्रो बृहत भेला पुस सात गते औपचारिक र सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ।
मुटुरोग विशेषज्ञ एवं लेखक डा ओम मूर्ति अनिलको प्रमुख आतिथ्यता र संघका अध्यक्ष डा अच्युत शाली घिमिरेको सभापतित्वमामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त भेलामा पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। आरती न्यौपाने, उपसचिव प्रशासन सेवा,रत्न केशरी महर्जन,शाखा अधिकृत न्याय सेवा,
रिया भट्टराई,शाखा अधिकृत न्याय सेवा,लक्ष्मण बराल,ईन्जिनियरिङ सेवा सातौं तह, ई नविन राज चौलागाई,ईन्जिनियरिङ सेवा सातौं तह,आयुष सेढाई,ईन्जिनियरिङ सेवा सातौं तह,डा रोजन अधिकारी, डा।आशिष कडारिया, डा. पुनम अधिकारी, डा। पुरुषोत्म अधिकारी, डा निर्मल घिमिरे, आशुका अर्याल लगायतलाई सम्मान गरेको छ । कपिल पोख्रेल, बिराज अर्याल र,उज्जवल गौतम लगायतलाई सम्मान गरेको थियो।
देशमा छरिएर रहेका पूर्व विद्यार्थीको उक्त भेलामा सम्मानित पूर्व विद्यार्थी वक्ताले केएमसीले आफ्नो सफलतामा पुर्याएको योगदान र पूर्व स्मृतिहरुलाई ताजा बनाएर मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि डा अनिलले सम्बन्धसंग जोड्दै किन युवा देशमा नै बसेर कार्य गर्न उत्प्रेरित हुनुपर्छ भन्ने धारणा राखेका थिए ।