CMAT

चिकित्सा शिक्षा स्नातक तहको खुला तथा आरक्षण सिट  विभाजन (सिटसहित)

Bachelors Portal

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको विदेशी समूह, सःशुल्क र खुला तथा आरक्षण छात्रवृत्तिमा सिट संख्या विभाजन गरेको छ ।

आयोगले फागुन २३ गते सार्वजनिक गरेको स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रम र शिक्षण संस्थाहरूमा निर्धारण गरिएको सिटलाई चिकित्सा शिक्षा आयोग कार्यकारी समितिको  फागुन ३०  गतेको निर्णयानुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ दफा १७ को उपदफा (४), (६), (८) र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ (संशोधन सहित) को नियम १७क। र २० मा भएको व्यवस्थाका आधारमा विदेशी समूह, सःशुल्क र छात्रवृत्ति ९खुला तथा आरक्षण० लगायतका समूहको सिट  बाँडफाँड  गरेको छ ।

आयोगले चिकित्सा शिक्षाका विभिन्न विषयमा सात हजार ६५९ सिटलाई चिकित्सा शिक्षा सञ्चालन गर्ने शैक्षिक संस्थामा सिट तोकेको हो ।

 कार्यकारी समितिको निर्णय अनुसार सःशुल्क विद्यार्थी तीन हजार २८२ , पूर्ण छात्रवृत्तिको दुई हजार २४९ सिट, सामान्य छात्रवृत्तिको एक हजार २३५ र संरक्षित कोटाहरु महिला, दलित महिला, मुस्लिम महिला,  मधेसी,थारू, आदिवासी जनजाति लगायतका एक हजार १४  र नेपाली आर्मी वेल्फेयर छात्रवृत्रिका लागि १०५,सिट बाँडफाँट गरेको छ ।

आयोगले एमबीबीएसका लागि एक हजार ८९५ सिटमध्ये सःशुल्क ८५९ सिट, विदेशी विद्यार्थी ५५७,  पूर्ण छात्रवृत्ति पाउने ४३० सिट, सामान्य छात्रवृत्ति पाउने २३७ सिट, नेपाली आर्मी वेल्फेयरमा छात्रवृत्तिका लागि ४९,  संरक्षित कोटामा महिला, दलित महिला, मुस्लिम महिला,मधेसी,थारू आदिवासी जनजाति लगायतका लागि १९३ सिट विभिन्न २१ कलेजमा विभाजन गरेको छ ।

बीएस्सी एमआईटी विषयको लागि विभिन्न ८ शिक्षण संस्थामा ७७ सिटमध्ये १८ सिट विदेशी विद्यार्थीलाई, ३३ सःशुल्क, २६ पूर्ण निःशुल्क, १४ सामान्य छात्रवृत्ति र १२ वटा आरक्षणतर्फ महिला, दलित, मधेसी,थारु,आदिवासी जनजाति लगायतका लागि छुट्याएको छ ।

चिकित्सा शिक्षा स्नातक तहको विदेशी समूह, सःशुल्क र खुला तथा आरक्षण छात्रवृत्ति सिट 

Thuprai - Books and E-books
I Tech store