After SEE Portal

आयोगद्वारा सीटीईभीटी अन्तर्गतका १९६ शिक्षण संस्थामा स्वास्थ्य तर्फका कार्यक्रमको सिट निर्धारण (शिक्षण संस्था र सिटसहित)

Bridge Course

सिट निर्धारण हुन नसकेका शिक्षण संस्थाहरूमा आवेदन फाराम भरेका आवेदकहरूले आफूलाई पायक पर्ने शिक्षण संस्थाहरूमा सीटीईभीटीको सर्तसहित भदौ सात गते दिउँसो ३ बजे भित्रमा दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ ।

चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सञ्चालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तहको स्वास्थ्य तर्फका कार्यक्रमको सिट निर्धारण गरेको छ । आयोगले सातै प्रदेशका १९६ ओटा शिक्षण संस्थाका लागि सिट निधारण गरेको हो ।

शैक्षिक सत्र २०८०–८१ का लागि प्रवेश परीक्षा सञ्चालन गर्ने सम्बन्धमा परिषद्, स्तर निर्धारण तथा सम्बन्धन महाशाखाको च.नं. २८३, मिति २०८० साउन ३२ को पत्रानुसार आयोगबाट सिट निर्धारण भएका शिक्षण संस्था र कार्यक्रमहरूमा मात्र भर्ना प्रक्रिया अघि बढाउन सीटीईभीटीलाई निर्देशन भएको हुँदा सीटीईभीटीबाट भर्ना सम्बन्धी गत असार २८ गते र सोपछि विभिन्न मितिमा प्रकाशित सूचनामा उल्लेख भएका शिक्षण संस्थाहरूको नाम तथा कार्यक्रमलाई अद्यावधिक गरेको सूचनामार्फत जानकारी दिएको छ ।

सिट निर्धारण हुन नसकेका शिक्षण संस्थाहरूमा आवेदन फाराम भरेका आवेदकहरूले आफूलाई पायक पर्ने शिक्षण संस्थाहरूमा सीटीईभीटीको सर्तसहित भदौ सात गते दिउँसो ३ बजे भित्रमा दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ ।

सिट निर्धारण हुन नसकेका शिक्षण संस्था र कार्यक्रममा आवेदन दिएका आवेदकहरूलाई शिक्षण संस्था छनोट गर्न समय दिनुपर्ने भएकाले यसअघि कायम गरिएको डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य तर्फका सम्पूर्ण कार्यक्रमहरूका लागि भिदौ ६ गते बिहान ८ बजे तोकिएको प्रवेश परीक्षाहरू स्थगन गरी उक्त स्थगित प्रवेश परीक्षा भदौ ९ गते शनिबार बिहान ८ बजेदेखि सञ्चालन गर्ने भएको छ ।

अद्यावधिक सूचीमा नभएका शिक्षण संस्थाहरूमा आवेदन फाराम भरेका आवेदकहरूले परीक्षा नियन्त्रण कार्यालयमा राखेको फाराम (आवेदकको सिम्बल नम्बर इन्ट्री गरेपछि आवेदन फाराम प्रिन्ट गर्र्न  सकिने छ । प्रिन्ट गरी थप विवरण भरेर अद्यावधिक गरिएका शिक्षण संस्था, कार्यक्रम र वर्ग÷कोटा अनुसार दर्ता गराउनुपने सूचनामा उल्लेख छ ।

फाराम साथ प्रवेश पत्रको प्रतिलिपि संलग्न राखी जुन कार्यक्रम र कोटाका लागि आवेदन फाराम भरेको हो सोही कार्यक्रममा अद्यावधिक भएका कुनै एक शिक्षण संस्था मात्र छनोट गरी दर्ता गर्नुपर्ने छ । एकभन्दा बढी शिक्षण संस्थामा निवेदन दर्ता भएको पाइएमा निवेदन स्वतः रद्द हुने सीटीईभीटीले जानकारी दियो । अद्यावधिक सूचीमा नभएका शिक्षण संस्थाका आवेदकले मात्र फाराम पेस गर्न सक्नेछन् ।

अद्यावधिक सूचीमा नभएका शिक्षण संस्थाले आवेदकहरूलाई प्रवेश पत्र उपलब्ध गराउने र अद्यावधिक सूचीमा भएका शिक्षण संस्थाले आवेदन फाराम भर्न सहयोग गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

डिप्लोमा तथा प्रमाणपत्र तहका पूर्ण शुल्कीय तर्फको स्वास्थ्य बाहेकका अन्य सम्पूर्ण कार्यक्रमहरूको प्रवेश परीक्षा तोकिएकै मिति र समयमा हुने सीटीईभीटीले जानकारी दियो ।

अद्यावधिक गरिएका शिक्षण संस्थाहरूको विवरण

A Levels MA
Thuprai - Books and E-books