CMAT

हिमालय ह्वाइटहाउस इन्टरनेशनल कलेजमा विज्ञान प्रदर्शनी शुरु

काठमाडौँ, ४ फागुन (रासस)ः विद्यार्थीहरुलाई विज्ञानसँग सम्बन्धित नयाँभन्दा नयाँ खोज, अनुसन्धानको विकास गर्ने उद्देश्यले आयोजना गरिएको विज्ञान प्रदर्शनी आजबाट शुरु भएको छ । 

हिमालय ह्वाइटहाउस इन्टरनेशनल कलेज तीनकुने, काठमाडौँले आयोजना गरेको प्रदर्शनी दुई दिनसम्म चल्नेछ । कलेज प्राङ्गणमा हुने प्रदर्शनीमा देशैभरीबाट २२ विद्यालय÷कलेजको सहभागीता रहेको छ । 

प्रदर्शनीमा विशेष गरी स्मार्ट सिटी, ड्रोन, स्टेम प्रोजेक्ट, विन्ड मिल इनर्जी, रोबोटिक्स, हाइड्रो प्रोजेक्ट, ग्रीन भिलेजजस्ता नवीनतम् तथा जीवन उपयोगी प्रोजेक्टहरु राखिएको छ । 

प्रदर्शनीमा प्रथम हुनेलाई रु ३०,००० (तीस हजार), द्वितीय हुनेलाई रु २०,००० (बीस हजार) र तृतीय हुनेलाई रु १५,००० (पन्ध हजार) पुरस्कारको व्यवस्था गरिएको कलेजका प्रिन्सिपल युवराज शर्माले जानकारी दिनुभयो । 

विज्ञान तथा प्रविधि विषयसँग सम्बन्धित विशेषज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत तथा छलफल गरिने प्रदर्शनीमा करीब ३० विद्यालयका सात हजार विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

Thuprai - Books and E-books