After SEE Portal

आजदेखि पुस ५ गतेसम्म शुक्लाफाँटाका विद्यालय बन्द गरिने

Bridge Course

शुक्लाफाट नगरपालिकाका सबै विद्यालय आजदेखि पुस ५ गतेसम्मका लागि बन्द गरिएको छ । नगरपालिकाभित्र कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि नगरपालिकाले विद्यालय बन्द गरेको हो ।

नगर कार्यपालिकाको बैठकले आजदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले जानकारी दिए ।

नगरपालिकाले चारदिन अघिदेखि विद्यालय सञ्चालनमा ल्याएको भए पनि वडा नं ५ र ६ मा कोरोना भाइरस सक्रिय भइएक जनाकाृ मृत्यु हुनुका साथै आठ जनामा सक्रिय भएका कारण बालबालिकाहरु संक्रम्णको जोखिममा पर्ने हुँदा विद्यालय बन्द गरिएको शाखाप्रमुख भट्टले बताए ।

नगरपालिका भित्रका केही संस्थागत विद्यालय भने आज पनि सञ्चालन गरिएको छ । ‘केही संस्थागत विद्यालय सञ्चालनमा आएको सुन्नमा आएको छ ।’ प्रमुख भट्टले भने, ‘नगरपालिकाको निर्णयलाई बेवास्ता गरी प्रत्यक्ष विधिबाट कक्षा सञ्चालन गरे त्यसबाट हुने जोखिमको सम्पूर्ण जिम्मेवारी प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले लिनुपर्ने छ ।”

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी नगरपालिकाले २१ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि अवस्था जोखिमपूर्ण भएपछि पुनः १० दिनका लागि भौतिक उपस्थितिमा पठनपाठन गराउन रोक लगाइएको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

A Levels MA
Thuprai - Books and E-books