स्वास्थ्य सुरक्षा र निश्चित आचार संहिता कार्यान्वयन गर्दै मकवानपुरका विद्यालय सञ्चालनमा आउने

मकवानपुरका विद्यालय, विद्यालय सञ्चालन कार्यढाँचा २०७७ ले निर्धारण गरेको व्यवस्था अनुसार सञ्चालनमा आउने भएका छन् । विद्यालयको भूगोल तथा विद्यार्थी संख्या र उपलब्ध भौतिक पूर्वाधारको आधारमा भौतिक दुरी कायम हुने गरी विद्यार्थीको बसाई व्यवस्थापन, विद्यालयहरु आंशिक रुपमा तथा सिफ्टमा संचालन हुने भएका हुन् ।

विद्यालयमा जोर विजोर वा आलोपालो प्रणलीमा चलाउने प्रबन्ध मिलाउने सन्दर्भमा स्थानीय वस्तुस्थिति अनुसार निर्णय गर्ने जिम्मेवारी सम्बन्धित विद्यालय व्यवस्थापन समितिको सिफारिसमा स्थानिय तहले गर्न शिक्षा विकास तथा समन्वय एकाइले सूचना जारी गरेको छ ।

कोभडि १९ का सङ्कमित संङख्याको आधारमा जिल्लालाई चार क्षेत्र कायम गरी विद्यालयमा पठनपाठन सञ्चालनका प्रावधान तथा आचार सहिताको विद्यालयहरुमा अनिवार्य रुपमा पालन गर्न गराउने निर्देशन जारी गरेको छ ।

विद्यालय सञ्चालन कार्यविधि, मापदण्ड र आचारसंहिताको सही पालना गरी सञ्चालनमा ल्याइने शिक्षा विकास तथा समन्वय इकाइले सबै स्थानीय तहलाई निर्देशन जारी गरेको छ ।

विद्यालयमा आउनु अघि विद्यालयका शिक्षक तथा कर्मचारी लगायत विद्यालयमा संञ्चालनमा खटेका पदाधिकारीहरुले खोप लगाएको हुनुपर्ने, विद्यालय संचालन गर्नुपूर्व आवश्यकता अनुसार विद्यालय व्यवस्थापन समिति र अभिभावक संग परामर्श तथा छलफल गरी विद्यालय संचालन गर्न सम्बन्धित स्थानीय तह शिक्षा शाखा बाट स्वीकृत गराउनु पर्ने सूचना जारी गरेको छ ।

त्यस्तै, विद्यालयबाट घर फर्कदा पालना गर्नुपर्ने र शिक्षक अभिभावकले आचार संहिता निर्माण गरी विद्यालय व्यवस्थापन समितिमा छलफल गरी लागुगर्नु पर्ने, विद्यालयमा सामुहिक खेलकुद तथा अभ्यासका कार्यकमहरु तत्कालका लागि संचालन नगर्न एकाइले निर्देशन दिएको छ । संम्भव भए सम्म अभिभावक स्वयंले बालबालिकालाई विद्यालय ल्याउने र लैजाने व्यवस्था मिलाउन प्रेरित गर्ने निर्देशन जारी गरेको हो ।

विद्यार्थीहरुले पालना गर्नुपर्ने आचार संहिता

विद्यार्थीहरुले विद्यालय आउदा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने, विद्यालय हातामा प्रवेश गर्नु अघि अनिवार्य रुपले साबुन पानीले हातधुने, विद्यालय हातामा प्रवेश गर्न अघि अनिवार्य रुपले ज्वरो मापन गर्ने र ज्वरो आएको खण्डमा तत्काल आइसोलेसनमा राखी सम्बन्धित अभिभावकलाई जिम्मा लगाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

विद्यार्थीहरुले विद्यालय आउँदा बाटोमा सामाजिक दुरी कायम गर्ने र अनावश्यक गफ तथा भिडभाड नगरी विद्यालय हातामा प्रवेश गर्नुपर्ने निर्देश्न दिएको छ ।

विद्यालयभित्र रहँदा पालना गर्नुपर्ने आचारसंहिता

साबुनपानीले अनिवार्य हात धुने, खोकी लाग्दा वा हाच्छयु गर्दा अनिवार्य रुपमा कुहिनाले वा रुमालले मुख छोप्ने, विद्यालय प्राङ्गणमा हिड्दा सामाजिक भौतिक दुरी कम्तीमा २ मिटर कायम गर्नै पर्ने सूचनामा उल्लेख गरेको छ ।

कक्षाकोठा भित्रको बसाईमा कम्तीमा १ मिटरको भौतिक दुरी कायम गर्नु पर्ने, कक्षाकोठामा रहँदा व्यक्तिगत समानहरु जस्तैः कपी, किताब, कलम, क्याल्कुलेटर साटासाट नगर्ने, कुनै पनि विद्यार्थीले खाना खाजा बाँडेर नखाने र कक्षावोठा भित्र खाना खाजा नखाने व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

विद्यालय संचालनको कममा विद्यार्थीहरु एउटा कक्षाकोठाबाट अर्को कक्षामा आउजाउ गर्न दिनु नहुने, पठनपाठनको क्रममा कक्षाकोठाको झ्यालढोका बन्द नगर्ने, विद्यार्थी विद्यालय प्रवेश गरेर जुन सिटमा बसेको छ नियमित रुपमा सोही सिटमा अनिवार्य रुपमा बस्ने, विद्यालय भित्र कुनै समस्या भएमा अनिवार्य रुपमा सम्पर्क व्यक्ति वा विद्यालयले तोकेको विद्यार्थी मनिटर

सँग सम्पर्क गर्ने, शौचालय जादा आउँदा भिडभाड नगरी सामाजिक दुरी कायम गरेर जाने आउने गर्ने र साबुनपानीले अनिवार्य हात धोएर फर्कने आचार संहिंता जारी गरेको छ ।

त्यस्तै विद्यालय हातामा रहँदा सम्म विद्यार्थीहरुले अनिवार्य रुपमा माक्स लगाउने र मास्क खोलेको पाइएमा वा माक्स नलगाइएको पाइएमा सम्पर्क व्यक्तिले आवश्यक कारबाहि गर्ने र विद्यार्थीहरुले आफ्नो वोटलको नै प्रयोग गरि समय समयमा तातो पानी पिउने व्यवस्था गर्नु पर्ने आचार संहिंतामा उल्लेख गरिएको छ ।

विद्यालयबाट घर फर्कदा अपनाउनु पर्ने आचारसंहिता

विद्यालयबाट घर फर्कदा सामाजिक दुरी कायम गरी फर्कने, सम्भव भएसम्म सम्बन्धित अभिभावकज्यूहरुले नै आफ्नै सवारीमा ल्याउने लैजाने व्यवस्था मिलाउने, विद्यालयबाट सरासर समय व्यतित नगरी घर जाने र घरमा प्रवेश गर्नु अघि साबुनपानीले हात धुने, विद्यालयबाट घर गइसकेपछि अनावश्यक रुपमा समुदायमा घुमफिर नगर्ने र सामुहिक खेलकुदका कृयाकलापमा सहभागी नहुने आचार संहिंता जारी गरेको छ ।

अभिभावकले पालना गर्नुपर्ने आचारसंहिता

अभिभावकले सम्भव भए सम्म पौष्टिक तत्वयूक्त दिवाखाजा घरमा नै तयार गरी पठाउनु पर्ने, आफ्नो बच्चाको लागि अनिवार्य रुपमा माक्स लगाएयतका सामग्रीहरुको व्यवस्था अभिभावक स्वयमले गर्ने, विद्यालय आउदा जाँदा संम्भव भए सम्म आफ्ना नानीबाबुहरुलाई अभिभावक स्वयंले ल्याउने लाने गर्ने नियम बनाएको छ ।

त्यस्तै सम्भव भएसम्म तातोपानी बोटलमा घरबाट नै ल्याउने व्यवस्था गर्ने, शिक्षणसिकाईका सामानहरु जस्तै पाठ्यपुस्तक,कपि, किताब,कलम,क्याल्कुलेटर साटासाट गर्दा संकमणको सम्भावना रहने हुनाले घरबाट नै व्यवस्था गरेर पठाउने, बच्चालाई ज्वरो आएमा वा कोभिड सँग सम्बन्धित कुनै पनि लक्षण देखा परेमा सो को जानकारी विद्यालय प्रशासनमा तत्कालै गराउने र निको नभएसम्म विद्यालय नपठाउने, कोभिड १९ को संक्रमणबाट बच्नको लागि आवश्यक सुरक्षात्मक उपायहरु सम्बन्धि चेतनामुलक कुराहरु घर परिवारमा पनि प्रदान गर्नु पर्ने छ ।

शिक्षकहरुले पालना गर्नुपर्ने आचारसंहिता

विद्यालयहातामा रहँदा सम्म सम्पूर्ण सुरक्षात्मक उपायहरु जस्तै माक्स लगाउने, सामाजिक दुरी कायमगर्ने, साबुनपानीले हातधुने, अनावश्यक रुपमा बच्चाहरुसँग झुम्मीने वा नगर्ने । कक्षाकोठा भित्रको व्यवस्थापन जस्तैः विद्यार्थीहरु निर्धारित तोकिएको डेक्स बेन्चमा बसे नबसेको, कक्षाकोठाको झ्यालढोका खुला रहे नरहेको, प्रकाश तथा हावा आवत जावत भए नभएको सुपरिवेक्षण गरी व्यवस्थापन गर्ने ।

त्यसैगरी शिक्षण अवधिभर कोभिड १९ सँग सम्बन्धित मिल्दोजुल्दो लक्षण कोहि कसैलाई देखा परेमा तुरुन्तै विद्यालय प्रशासनमा जानकारी गराउने, विद्यालय हातामा कोहि कसैलाइ विभेदपूर्ण व्यवहार नगर्ने नगराउने लगायतका आचार संहिंता जारी गरेको छ ।