वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाका सबै विद्यालय दुई दिनका लागि बन्द गरिएका छन् ।उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी नगर कार्यपालिकाको वैठकले जाडो बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ । बुटवलमा सामुदायिक ३८ र निजी ५८ विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ३६ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।