After SEE Portal

इच्छाकामना गाउँपालिकाका विद्यालय समायोजन

Bridge Course

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाका सात विद्यालय समायोजन गरिएको छ । विद्यार्थीको सङ्ख्या नपुगेपछि राष्ट्रिय आधारभूत विद्यालय(१–३) लाई नजिकको अर्को विद्यालयमा समायोजन गरिएको हो ।

गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देलका अनुसार वडा नं २ स्थित राष्ट्रिय आधारभूत विद्यालय घुर्केशलाई सोही वडामा रहेको राष्ट्रिय आधारभूत विद्यालय मायाटार, वडा नं ३ मा रहेको पन्थ राष्ट्रिय आधारभूत विद्यालय डुडेलाई माझ गाउँ मावि, वडा नं ३ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय डहकीलाई शिवज्योति कमेरे राष्ट्रिय आधारभूत विद्यालयमा समायोजना गरिएको छ ।

त्यस्तै वडा नं ४ मा रहेको इच्छाकामना राष्ट्रिय आधारभूत विद्यालय सोतालाई अमरदीप राष्ट्रिय आधारभूत विद्यालय वेलडाडाँ, वडा नं ५ मा रहेको शान्ति राष्ट्रिय आधारभूत विद्यालय ढालालाई ज्ञानज्योति मावि ढुंग्रे, वडा नं ६ मा रहेको देवज्योति राष्ट्रिय आधारभूत विद्यालय याकराङलाई राष्ट्रिय आधारभूत विद्यालय चनौटे र वडा नं ७ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय रैबुङलाई राष्ट्रिय आधारभूत विद्याल आधामारामा समायोजन गरिएको छ ।

समायोजनमा परेका ती विद्यालयमा बाल कक्षा भने यथावत रहेको छ । विद्यार्थी सङ्ख्या वृद्धि भई समुदायले पुन सञ्चालन गर्न चाहेमा स्थापित गर्न सहज हुने र भौगोलिक विकटताका कारण ससाना बालबालिका हिड्न नसक्ने भएकाले बालविकास कक्षा भने सञ्चालन गरिएको शिक्षा अधिकृत दीपक सिग्देलले बताउनुभयो ।

अङ्ग्रेजी शिक्षकलाई तालीम

गाउँपालिकाले अङ्ग्रेजी शिक्षकलाई पाँच दिने तालीम प्रदान गरेको छ । सामुदायिक विद्यलायमा अङ्ग्रेजी विषयमा सुधार पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले अङ्ग्रेजी विषयका शिक्षकलाई तालीम दिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो । 

वैशाख १९ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको तालीममा गाउँपालिकाभित्रका ५१ सामुदायिक विद्यालयका अङ्ग्रेजी विषयका शिक्षक सहभागी थिए ।

यसैबीच गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी प्रणाली शुरु गरिएको छ । 

विद्युतीय मेसिनबाट हुने हाजिरमा आए गएको समय पनि देखिने भएकाले विद्यालयमा शिक्षक समयमा उपस्थित हुने र शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । पहिलो चरणमा १५ विद्यालयमा गाउँपालिकाले विद्युतीय हाजिरी प्रणाली लागू गरेको हो 

A Levels MA