Bachelors Portal

हिउँले विद्यालय भत्कियो

बडीमालिका, १४ माघ (रासस) : लगातारको हिमपातले बाजुराको बूढीनन्दा नगरपालिका–३ को एक सामुदायिक विद्यालयको भवन भत्किएको छ । 

चोलुमा रहेको जनविकास आधारभूत विद्यालयको दुईकोठे भवन भत्किँदा विद्यार्थीको दिवा खाजाका लागि राखिएको चामल, दाल तेललगायतका सामग्री पुरिएको प्रधानाध्यापक पद्मलाल रेग्मीले जानकारी दिनुभयो । 

विद्यालयका दुई कोठा भत्किएपछि विद्यार्थीलाई चिसो मौसममा पठन–पाठनमा समेत समस्या भएको प्रधानाध्यापक रेग्मीले बताउनुभयो । कक्षा कोठामा राखिएको दिवा खाजाको सामग्रीसहित काठसमेत छोपिँदा विद्यालयको झण्डै ६ लाख बराबरको सामानमा क्षति भएको छ । 

Thuprai - Books and E-books