Bachelors Portal

विद्यालय भवन पुनःनिर्माण

Managed Admission 2022

बेत्रावती, ६ मङ्सिर (रासस) ः भूकम्पले क्षतिग्रस्त नुवाकोटको म्यागङ गाउँपालिका–२ स्थित देउराली माध्यमिक विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको छ । 

जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) मार्फत निर्माण गरिएको सो विद्यालयको बुधबार सांसद बहादुरसिंह लामाले समुदायलाई हस्तान्तरण गर्दै नयाँ भवनले गुणस्तरीय शिक्षा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । भूकम्पले विद्यालयको सबै कक्षाकोठा क्षति पुगेपछि टहरामा अध्ययन गर्न बाध्य भएका विद्यार्थीलाई अब सुरक्षित भवनमा हुने पढाइले नयाँ ज्ञानको प्रवाहसहित सीपमूलक तथा प्राविधिक अध्ययनमा केन्द्रित गराउनुपर्ने उहाँको भनाइ थियो । 

सो भवनमा १३ कक्षासहित १६ कोठा छन् । भवन निर्माणमा रु दुई करोड ८३ लाख खर्च भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो । दुई ब्लकको भवन भूकम्प प्रतिरोधी, अपाङ्गतामैत्री, खानेपानी, शौचालय, विद्युतीकरणलगायतको सुविधा छ । 

भूकम्पले क्षतिग्रस्तमध्ये जाइकाले नुवाकोटका ६३ विद्यालयको सम्पूर्ण संरचना पुनःनिर्माणको जिम्मेवारी लिएकोमा हालसम्म तीनवटा विद्यालयको भवन समुदायलाई हस्तान्तरण गरेको र बाँकी निर्माणको चरणमा रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का प्रमुख वीरेन्द्रजङ्ग थापाले जानकारी दिनुभयो । 

Select college / campus