Bachelors Portal

विद्यालय भवन हस्तान्तरण

काठमाडौँ, १६ असोज (रासस) ः दक्षिणकाली नगरपालिका– ८ छैमले चोबुस्थित श्रीकृष्ण माविको नवनिर्मितचार कोठे पक्की भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । 

विसं २०७२ को भूकम्पमा क्षति भएको पुरानो भवनको ठाउँमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइ समिति (शिक्षा) को रु ६४ लाख ७० हजार लागतमा नयाँ भवन बनेको हो । गतवर्षको पुसबाट निर्माण शुरु गरिएको भवन २०७५ को वैशाखमा तयार भएको विद्यालयका प्रधानाध्यापक अमृतमान श्रेष्ठले बताउनुभयो । विद्यालयमा २५० विद्यार्थी अध्ययनरत छन् । 

नवनिर्मित विद्यालय भवन दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले उद्घाटन गर्नुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का प्रमुख अर्जुनबहादुर रायमाझीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर ल्हो तामाङ र प्रधानाध्यापक अमृतमान श्रेष्ठलाई एक समारोहकाबीच भवन हस्तान्तरण गर्नुभयो ।

Thuprai - Books and E-books