After SEE Portal

आदर्श माध्यमिक विद्यालयको भवन शिलान्यास

Bridge Course

भक्तपुर, १२ चैत (रासस) : मध्यपुरथिमि नगरपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालय, लायकूको निर्माणाधीन नयाँ भवनको शिलान्यास गरिएको छ । 

प्रदेश नं ३ का प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा आज विद्यालय भवनको शिलान्यास गर्नुभएको हो । लायकूअर्थात् तलेजु दरबार परिसरमा रहेको उक्त विद्यालयमा परम्परागत एवं मल्लकालीन शैलीमा विद्यालय भवनको निर्माण हुने छ । 

मध्यपुरथिमि नगरपालिकाको रु एक करोड लागतमा निर्माण शुरु भएको भवनमा तेलिया इँटा, चुना, सुर्कीको प्रयोग गरी परम्परागत शैलीमा निर्माण हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । 

आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उक्त भवन निर्माणमा लाग्ने थप रकम पनि नगरपालिकाले नै सहयोग गर्नेछ । विद्यालय भवन निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको रु ५० लाख रकम फर्काइ दिई नगरपालिका आफैँले निर्माण शुरु गरेको हो । 

नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “परम्परागत शैलीको भवन भत्काएर पुनःनिर्माण प्राधिकरणले डण्डी, सिमेन्टको प्रयोग गरेर ढलान गरी यसको स्वरुप नै बिगारेर बनाउने प्रस्ताव ग¥यो, थिमिको सम्पदा र धरोहरलाई बिगार्ने भएपछि नगरपालिकाले बजेट फर्काइ दिएर आफ्नै बजेटमा निर्माण शुरु गर्न लागेको हो ।” 

विसं २०२१ मा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ । विद्यालयमा ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 

A Levels MA