Bachelors Portal

विद्यालय बलियो बनाइन्छ ः विकासमन्त्री युवराज दुलाल

काभ्रेपलाञ्चोक, १४ माघ (रासस) ः प्रदेश नं ३ का समाजिक विकासमन्त्री युवराज दुलालले सामुदायिक विद्यालयलाई शैक्षिक रुपमा बलियो बनाइने बताउनुभएको छ । 

मण्डनदेउपुर नगरपालिका–११ तिमल्सिना गाउँस्थित चण्डेनी माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव समारोहमा आज उहाँले भन्नुभयो, “प्रदेश सरकारले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयलाई बलियो बनाउन भौतिक पूर्वाधार, शैक्षिक तथा खेलकूद सामग्री, प्रयोगशाला, विद्यालयमा कार्यरत सहजकर्ताका लागि प्रोत्साहन भत्ता तथा शिक्षकलाई आवश्यक तालीमको ब्यवस्था गरिने छ ।” 

मन्त्री दुलालले काभ्रेपलाञ्चोकमा प्रदेश नं ३ को राजधानी बनाउन पहल भइरहेको धारणा पनि व्यक्त गर्नुभयो । 

प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले सामुदायिक विद्यालयले नतिजा राम्रो ल्याएर निजी विद्यालयमा जाने विद्यार्थीलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । 

मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले नगरभित्रका सामुदायिक विद्यालय, व्यवस्थापन समिति र शिक्षकलाई प्रतिस्पर्धा गराई उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने बताउनुभयो । गोरखापत्र संस्थानका कानूनी सल्लाहकार कुमार भट्टराईले विद्यालयको प्रगतिको कामना गर्नुभएको थियो । 

Thuprai - Books and E-books