Bachelors Portal

भक्तपुर नगरपालिकाकाद्वारा बीस लाखको छात्रवृत्ति वितरण

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वःप इञ्जिनीयरिङ कलेजख्वःप कलेज अफ इञ्जिनीयरिङको विभिन्न सङ्कायमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई आज छात्रवृत्ति वितरण गरिएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वःप इञ्जिनीयरिङ कलेजका १८ तथा ख्वःप कलेज अफ इञ्जिनीयरिङका १४ विद्यार्थीलाई रु २० लाख बराबरको छात्रवृत्ति वितरण गर्नुभएको हो । नगर प्रमुख प्रजापतिले विद्यार्थीको शैक्षिक क्षमता र आर्थिक अवस्थालाई ध्यानमा राखी व्यवस्थापन समितिले छात्रवृत्तिको व्यवस्थापन गरिएको बताउनुभयो ।

 उहाँले विद्यार्थीलाई अध्ययनसँगसँगै अनुशासित भई कलेजका विभिन्न गतिविधिमा सक्रिय भएर अब्बल रुपमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।

Thuprai - Books and E-books