After SEE Portal

भक्तपुर नगरपालिकाद्वारा ४७ विद्यार्थीलाई छात्रवृत्ति

Bridge Course

भक्तपुरको देकोचा स्थित ख्वप कलेजको स्नातक तहका ४७ जना विद्यार्थीलाई भक्तपुर नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको छ । सो कलेजमा राजनीतिशास्त्र र संस्कृति विषयमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको हो ।

दुवै विषय लिई अध्ययन गरेका विद्यार्थीले वार्षिक र एक विषयमात्र अध्ययनरत विद्यार्थीलाई अर्धवार्षिक छात्रवृत्ति गरेको हो । कलेजका अनुसार उक्त कलेजमा राजनीतिशास्त्र र संस्कृति दुवै विषय लिई अध्ययन गर्ने जम्मा १० सैं जना विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

सबै विदार्थीलाई छात्रवृत्तिका लागि नगरपालिकाले कुल एक लाख ६५ हजार रुपियाँ नगरपालिकाले कलेजलाई प्रदान गरिसकेको  नगर प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले बताए ।

कलेजका अनुसार राजनीतिशास्त्र र संस्कृतिमध्ये कुनै एक मात्रै विषय लिई अध्ययन गर्ने जम्मा विद्यार्थी संख्या ३७ जना रहेका छन्। ती विद्यार्थीलाई अर्धवार्षिक छात्रवृत्ति पाएका छन्।

सो एक विषय मात्र अध्ययन गर्ने विद्यार्थीलाई प्रति विद्यार्थी एक हजार तीन सय ७५ रुपियाँगरेर ६ महिनाको आठ हजार दुई सय ५० रुपियाँ बराबरको छात्रवृत्ति नगरपालिकाले प्रदान गरेको छ । नगरपालिकाले यो शीर्षकको छात्रवृत्तिका लागि तीन लाख पाँंच हजार दुई सय ५० रुपियाँ कलेजको खातामा पठाइसकेको प्रमुख प्रजापतिले बताए ।

यसरी दुवै शीर्षकमा नगरपालिकाले कुल चार लाख ७० हजार र्दुइ सय ५० रुपियाँ कलेजको खातामा नगरपालिकाले हस्तान्तरण गरिसकेको छ । कलेजका प्राचार्य रुपक जोशीले देशको लागि चाहिने तर पनि विद्यार्थी संख्या घट्दै गरेका विषयहरु अध्ययनअध्यापनमा प्रोत्साहन गर्ने नगरपालिकाको नीति अनुसार छात्रवृत्ति प्रदान गरिएको बताए ।

नगरपालिकाले शैक्षिक वर्ष २०७६–७७ मा स्नातक तहमा यी दुई विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रथम र दोश्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई मासिक शुल्कमा शतप्रतिशत र संस्कृति वा राजनीतिशास्त्रमध्ये एक मुख्य विषय लिई अध्ययनरत विद्यार्थीलाई ५० प्रतिशत मासिक शुल्क छात्रवृत्ति प्रदान गदै आएको छ ।

A Levels MA