After SEE Portal

भक्तपुर नगरपालिकाद्वारा छात्रवृत्ति प्रदान

Bridge Course

भक्तपुर नगरपालिकाले ख्वप इञ्जिनीयरिङ कलेजख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजमा अध्ययनरत गरीब तथा जेहेन्दार एवं प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाले दुवै क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई ६८ लाख ४६ हजार ७८ रुपियाँ बराबरको नगद पुरस्कार प्रदान गरेको हो ।

ख्वप इन्जिनियरिङ कलेजले आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स र कम्युनिकेशनका ५८ जना विद्यार्थीलाई रु ४१ लाख, २ हजार ७९५ बराबरको छात्रवृत्ति प्रदान गरेको थियो भने ख्वप कलेज अफ इन्जिनियरिङको सिभिल, इलेक्ट्रिकल र कम्प्युटर विषयका ४० जना विद्यार्थीलाई २७ लाख २५ हजार २ सय ८३ रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको संचालक समितिका अध्यक्ष तथा नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

२०५८ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर स्थापना भएको ख्वप इञ्जिनियरिङ कलेजबाटस्नातक र स्नातकोत्तर तहका कक्षा सञ्चालन गर्दै आएको छ । कलेजको स्नातक तहमा सिभिल, बीई कम्प्युटर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन र आर्किटेक्चर, स्नातकोत्तर तहमा अर्थक्वेक इञ्जिनियरिङ र अर्बन डिजाइन एण्ड कन्जरभेशन विषयको पढाइहुन्छ । यो शैक्षिक वर्षदेखि यो कलेजले कम्प्युटर इञ्जिनियरिङमा समेत कक्षा सञ्चालन गरेको प्रमुख प्रजापतिले जानकारी दिए । ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर २०६५ सालमा स्थापना भएको ख्वप कलेज अफ इञ्जिनियरिङमा स्नातक तहको सिभिल, इलेक्ट्रिकल र कम्प्युटर इञ्जिनियरिङको पढाइ हुन्छ । ख्वप कलेजमा व्यवस्थापन र मानविकी संकायका विभिन्न विषयमा स्नातकोत्तर तहसम्म पढाइ हुन्छ ।

 

A Levels MA
Thuprai - Books and E-books