After SEE Portal

ताप्लेजुङका ६ विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति

Bridge Course

ताप्लेजुङका ६ जना विद्यार्थीले उच्च शिक्षा हासिलका लागि करीब रु सात लाख बराबरको छात्रवृत्ति पाएका छन् । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) ताप्लेजुङले गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङक ल्याएका तथा गरीब जेहेन्दार ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

उच्च शिक्षा अध्ययनका लागि चारजना प्राविधिक र दुईजना साधारण धारका गरी ६ जना विद्यार्थीलाई ६ लाख ९६ हजार छात्रवृत्ति प्रदान गरिएको रिड नेपालका प्रबन्धक राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार याम्फुदिनकी निशा गुरुङलाई दुई लाख १६ हजार प्रदान गरिएको छ । लेलेपका छेतेन किपा शेर्पा र लाक्पाफुटी शेर्पालाई जनही एक लाख ३२ हजारका दरले दुई लाख ६४ हजार, तेञ्जिङ शेर्पा र विनम पाण्डेलाई जनही ७२ हजारका दरले एक लाख ४४ हजार प्रदान गरिएको हो । शेर्पा लेलेपका हुन भने पाण्ेड खेवाङका हुन् । जेटिए अध्यनरत इखाबुकी निता राईलाई ७२ हजार प्रदान गरिएको छ ।

एसइई उत्तीर्ण विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्न स्थापना गरिएको जर्ज ब्याण्ड मेमोरियल स्कलरसीप अन्तर्गत छात्रवृत्ति प्रदान गरिएको हो । एसइईमा ल्याएको अङ्क, आदिवासी र पारिवारिक आर्थिक अवस्था लगायतको मापदण्डको आधारमा छात्रवृत्ति प्रदान गरिएको हो । यस संस्थाले विगतका वर्षमासमेत छात्रवृति प्रदान गर्दै आएको छ ।

A Levels MA