हिन्दु परम्पराअनुसार आज सरस्वती पूजा । श्रीपञ्चमी । लगभग सबै बालबालिकाले आज विहानै विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर दिनको सुरुवात गरेका छन् । शिशिर ऋतुका दुई महिना माघ र फागुनमा पर्ने भएकाले यसलाई श्रीपञ्चमी भनिँदै आएको छ ।
यसका अलावा आज ससाना बालबालिकालाई अक्षराम्भ गराउो दिने । निजी तथा सामुदायिक विद्यालयले निशुल्क नयाँ विद्यार्थी भर्ना गर्दै आएका छन् ।विगतमा विद्यालयले अभिभावकलाई पत्राचार गरेर वा सूचना टाँस गरी आजबाट अक्षराम्भ गराउथे । यो वर्ष कोरोना संक्रमणका कारण विद्यालय बन्द छन् ।
विद्यालय बन्द भए पनि विद्यालयले अनौपचारिक रुपमा यसको विज्ञापन भने गर्न छाडेका छैनन् । शिक्षक तथा विद्यालय सञ्चालकले आआफ्नो सामाजिक सञ्जालमा यसको निरन्तरता भने दिएका छन् । हाम्रो परम्परागत मान्यता अनुरुप आज जुनसुकै कार्यको सुरुवातका लागि अत्यन्तै राम्रो हुने भएकाले आज भर्ना हुन आएका विद्यार्थीलाई निशुल्क लिइने गरेको विद्यालय सञ्चालकहरु बताउँछन् ।विद्यालयहरुमा आज विशेष पूजा–आजाका साथ अक्षराम्भ गारउने गरिएको छ । हरेक विद्यालयले आफ्नै परिसरमा र विभिन्न स्थानमा रहेका सरस्वतीका मन्दिरमा आज विशेष पूजा अर्चना गर्ने गरिएको छ ।