thuprai.com

आर.टी.पि.सि.आर. र आर.डी.टी. के हो ?

र्‍यापिड डायग्नोस्टिक टेस्ट(आर.डी.टी.) किट कुन सिद्धान्तमा आधारित छ ?

यो एण्टिबडि एण्टिजिन रियाक्सनको सिद्धान्तमा आधारित किट हो । सार्स कोभ–२ कोरोना भाईरस मानिसको शरिरमा प्रवेश गरेपश्चात् संख्या बृद्धि भए पछि मानिसको शरिरले कोरोना भाईरस बिरुद्ध मानिसको शरिरले एण्टिबडि बनाउँछ । यस किट मानिसको रगतको नमुनामा कोरोना भाईरस बिरुद्धको सोहि एण्टिबडि छ या छैन भनि जाँच गर्ने  सिद्धान्तमा आधारित  प्रबिधि हो ।   

र्‍यापिड डायग्नोस्टिक किटको नकारात्मक पक्ष के छ, जसले गर्दा हाल नेपालमा यसको प्रयोग गर्नु उचित हुदैन ?

कोरोना भाईरस मानिसको मुख वा नाक बाट प्रबेश गरि  स्वासनलि हुँदै फोक्सोभित्र प्रबेश गरि फोक्सोको सेलमा भएको एन्जियोटेन्सिन कन्भर्टिङ्ग इन्जाइम २ भन्ने रिसेप्टर ( भाईरस टासिने प्रोटिन ) मा टासीएपछि भाईरस सेल भित्र प्रवेश गर्छ र आफ्नो संख्या वृद्धि गर्न थाल्छ । जब भाईरसको संख्या शरिरमा बढ्न थाल्दछ तब मात्र मानिसको शरिरले भाईरस बिरुद्ध  एण्टिबडि बनाउन सुरु गर्दछ ।  यो सबै प्रक्रिया हुनको लागि एक जना स्वस्थ मानिसमा ८ देखि १० दिन लाग्छ ।  

यो सबै प्रक्रिया हेर्दा  मानिसमा भाईरस प्रबेश गरेको ८ देखि १० दिन पछि मात्र  र्‍यापिड डायग्नोस्टि टेस्टमा पोजेटिभ देखिने सम्भावना हुन्छ। तर त्यसमा पनि यो किटको सम्बेदनशिलता र  विशिष्टता  ज्यादै कम भएकोले भाइरस लागेको मानिसमा पनि नेगेटिभ नतिजा दिन सक्ने सम्भावना ज्यादै धेरै हुन्छ ।

साथै, मानिसको शरिरमा कोरोना भाईरसको लक्षण देखिनु अगावै र एण्टिबडि बन्नु अगावै अन्य मानिसमा रोग सार्न सक्ने गुण भएकोले र यो भाइरसको संक्रमण क्षमता र दर अन्य भाईरस भन्दा धेरै भएको हुदा एक ओटा मात्र फल्स नेगेटिभ ( भाईरस लागेको तर टेष्टमा नेगेटिभ आएको ) मानिस देशको लागि खतरा बन्न सक्दछ ।

र यस किटको आधिकारिक कागजमा नै यो टेष्ट किट भाईरस लागेको पक्का गर्ने खालको कीट  नभएको र नेगेटिभ आएको खण्डमा पुनः पिसिआर बिधि र अन्य जाँचबाट पुनः परिक्षण गर्नुपर्ने भएकाले नेपालमा  र्‍यापिड डायग्नोष्टिक टेस्ट किट प्रयोग गरिनु कुनैपनि कोण बाट उपयुक्त छैन ।  किन भने नेपालमा सबै क्वारेन्टाइनमा राखिएका मानिसहरुको मात्र  टेष्ट गरिदै आएकोले उनीहरुको आर.डी.टी. प्रबिधिवाट पत्ता लाग्न सक्ने सम्भावना ज्यादै न्युन  हुन्छ । 

फल्स पोजेटिभ भनेको के हो ? यदि  कुनै फल्स पोजेटिभ केस आएमा के हुन्छ ?

यदि कुनै मानिसमा भाईरस लागेको छैन र  टेष्ट  गर्दा विभिन्न कारण ( अन्य नमुना संग  मिसिन गएमा, वा  अन्य प्राबिधिक कारणले ) ले गर्दा पोजेटिभ नतिजा आएमा त्यसलाई फल्स पोजेटिभ केस भानिन्छ । कोरोना भाईरसको  केसमा यदी  कोहि मानिसमा फल्स पोजेटिभ नतिजा आएमा त्यस मानिसलाई आइसोलेसनामा राखिन्छ  र उउपचार र गरिन्छ । साथै पुनः टेष्ट दोहो¥याइन्छ। यसरी फल्स पोजेटिभ आएमा सम्बन्धित व्यक्ति र उसको परिवार  अनि समुदायलाई कुनै नकारात्मक असर पर्दैन ।  

फल्स नेगेटिभ भनेको के हो ? यदि  कुनै मानिस फल्स नेगेटिभ आएमा के हुन्छ ?

यदि कुनै मानिसमा भाईरस लागेको छ र  टेस्ट  गर्दा  (जस्तो कि  र्‍यापिड टेष्टको कारण वा पिसिआरमा  पनि विभिन्न कारणले ) गर्दा  नेगेटिभ नतिजा आएमा त्यसलाई फल्स  नेगेटिभ केस भनिन्छ । 

यदि  कुनै मानिसमा  कोभिड–१९ संक्रमण छ  र  उसको जाँच गर्दा  नेगेटिभ आयो भने उक्त मानिस   आफ्नो  परिवार समुदायमा   ढुक्क संगले हिँडडुल गर्ने भेटघाट गर्ने, संगै बस्ने गर्दछ  । यसले  परिवार, समुदाय र सिंगो देशको लागि नै  भाईरस बम  बन्न सक्दछ । फल्स  नेगेटिभ  केस देशको लागि कोरोना बम हो ।

यदि  कुनै मानिसमा  कोभिड–१९ संक्रमण छ  र  उसको जाँच गर्दा  नेगेटिभ आयो भने उक्त मानिस   आफ्नो  परिवार समुदायमा   ढुक्क संगले हिँडडुल गर्ने भेटघाट गर्ने, संगै बस्ने गर्दछ  । यसले  परिवार, समुदाय र सिंगो देशको लागि नै  भाईरस बम  बन्न सक्दछ । फल्स नेगेटिभ केस देशको लागि कोरोना बम हो ।

किन भने यो भाईरसको प्रजनन दर  अन्य भाईरस ( इन्फ्लुन्जा , सार्स , मर्स ) भन्दा निकै धेरै छ ।  एक  मात्र  एसिम्टोम्याटिक फल्स नेगेटिभ कसले  हजारौ मा रोग फैलाउन सक्ने सम्भावना हुन्छ ।  कोरियामा  थेगुबाट  रोग फैलाउने  सिन्छंजी चर्चको एक महिला (जस लाई सुपर स्प्रेडर आन्टी पनि भानिन्छ ) ले  कोरिया मा  महामारी  फैलिने गरि भाईरस फैलाएकि थिइन्  । जसलाई चिकित्सकले अस्पताल बस्न अनुरोध गर्दा नमानिकन  चर्च मा  प्रार्थना गर्न गएकी थिइन् । 

नेपालमा हाल के गर्नु उचित छ  ? 

कोरोना  भाईरस लागेको  पक्का गर्न सक्ने हाल सम्म कै सबै भन्दा  विस्वसनिय  बिधि आरटी पिसीआर प्रबिधि नै हो ।   हाल कोरिया, भारत लगायत अन्य बिकसित  मुलुकमा आरटी पिसीआर प्रबिधिबाट  मात्रै टेस्ट हुदै आएको  छ ।  त्यसैले  हाल नेपालमा जति सक्दो  धेरै आरटी पिसीआर सहितको प्रयोगशाला बृद्धि गर्न जरुरी छ । धेरै भन्दा धेरै आरटी पिसीआर चलाउन सक्ने जनशक्ति पहिचान गर्ने , खोजि गर्ने  र भएको प्रयोगशालामा  सिफ्ट वाइज  टिम बनाएर २४ घण्टा नै काम गर्ने । हाल कोरियामा ६०० स्थानमा यो प्रबिधि बाट कोरोना परिक्षण भै रहेको छ ।

आर.डि.टी. प्रबिधि  कहिले प्रयोग गर्न सकिन्छ ? 

एक माइक्रोबायोलोजीको विद्यार्थी  भएको नाताले म आर.डि.टी. प्रविधिको प्रयोग गर्न नेपाललाई सुझाव दिन सक्दिन ।  तर, नेपालको सिमित साधन स्रोतको बावजुद कुनै दिन  समुदायमा रोग प्रबेस गरेमा  र  कोरोना संग मिल्ने बिरामीको संख्या बढ्दै गएमा  र आरटी पिसिआर प्रबिधि प्रयोग गरि टेष्ट गर्न  असमर्थ भएमा  समुदायमा स्क्रिनिंग गर्न यसको प्रयोग गर्न सकिन्छ । तर, पनि नेगेटिभ रिजल्ट आएका बिरामीको पुनः आरटी पिसिआर प्रबिधिबाट पनि परिक्षण गर्नुपर्ने  हुन्छ । यसोगर्दा  पैसा, प्रबिधि र जनशक्तिको दोहोरो खर्च हुने र फल्स नेगेटिभको केसबाट सधै खतरा हुने भएकोले सकेसम्म यसको प्रयोग नगर्नु नै देशको हितमा छ ।  

आरटी पिसिआरनै किन ?

यो प्रबिधि  किन र कसरी आर.डि.टी. भन्दा विश्वसनिय छ ? आर.टी.पि.सि.आर.भनेको रियलटाइम पोलिमरेज चेन रियाक्सन  हो ।  

आर.टी.पि.सि.आर. प्रबिधिले  भाईरसको आर.एन.ए. छ या छैन भनि पत्ता लगाउँछ । यो प्रबिधिबाट कुनै मानिसलाई भाईरस संक्रमण भएकै दिन पनि  नतिजा पोजेटिभ  देखाउन सक्दछ । जसले गर्दा संक्रमित व्यक्तिको समयमा नै पहिचान भई आइसोलेसन मा राख्न सकिन्छ । जसले गर्दा रोग फैलाउने सम्भावनालाई न्युन गर्न सकिन्छ तर, आर.डि.टी. बिधिबाट यतिछिटो र यति विस्वसनिय नतिजा दिन सक्दैन र फल्स नेगेटिभ  नतिजा दिने सम्भावना ज्यादै धेरै हुन्छ ।  

आर.टी.पि.सि.आर. कति छन् नेपालमा  ? 

समाचारमा आए अनुसार नेपालमा  जम्मा  ३० ओटा  मेसिन  छन् ।  त्यस मध्ये ३ ओटा त त्रिबिको माइक्रोबायोलोजी , बायोटेक्नोलोजि र बायोमेटेरियल विभागमा  छ र  त्रिविका उपकुलपतिले सुरुको दिन देखि नै मेसिन प्रयोग गर्न आव्हान गरिसकेका छन् ।

आर.टी.पि.सि.आर. चलाउन सक्ने जनशक्ति कति छन् नेपालमा र ति कता छन् ? नेपलामा  हाल  कोभिड १९ प्रयोगशालामा काम गरिरहेका बाहेक आर.टी.पि.सि.आर. प्रबिधि प्रयोग गरि रिपोर्टिङ्ग गर्न सक्ने जनशक्ति त्रिबि केन्द्रिय माइक्रोबायोलोजी बिभाग  बाट उत्पादित माइक्रोबायोलोजिस्ट  र वायोटेक्नोलोजिस्टहरु हुन् ।

मेडिकल माइक्रोबायोलोजीको पढाई नै रोग लगाउने भाइरस ब्याक्टेरिया , फंगास आदिको बारेमा  अध्ययन अनुसन्धान  तथा निदान गर्ने भएकोले भाइरस को बारेमा एथेस्ट  जानकारी राख्ने जनशक्ति हो यो ।  हाल नेपालमा ४०० जनाको माइक्रोवायोलोजी  कोभिड १९ ब्याक अप टिम  बनेको छ ।  जसमा अधिकांश  मलिकुलर  लेभलमा  आर.टी.पि.सि.आर.को प्रयोग गरि  थेसिस  गर्नेहरु छन् ।  ती जनशक्तिलाई बिना तालिम वा केहि लाई १ हप्ताको तालिम दिएर प्रयोगशालामा खटाउन सकिन्छ ।

तर, नेपाल स्वास्थ्य ब्यबसायी परिषद्ले २०६८ सालमा जारि गरेको अस्थाई लाईसेन्स रोकेर राखेकोले यो समस्यालाई तत्काल स्वास्थ्य मन्त्रालय मार्फत अस्थायी  लाईसेन्स दिएर काम मा लगाउदा  पछि आउन सक्ने कानुनि झण्झट बिना काम गर्न सकिन्छ ।

नेपालमा  आर.टी.पि.सि.आर.  किट  पर्याप्त छ त  ? 

हालसालै एनआरएनए कोरियाको अगुवाईमा कोरियामा बस्ने नेपालीको तर्फ बाट ४००० बट्टा पी सी आर किट, ४००० बट्टा आर एन ए निकाल्ने किट र ५०० बट्टा स्याम्पल कलेक्सन गर्ने किट नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।  यो एक बट्टा किटले ५० जनाको टेस्ट गर्न पर्याप्त हुन्छ । यसरी हिसाब गर्ने हो भने २ लाख मानिसमा टेष्ट गर्न पुग्छ । साथै आबश्यक परेमा कोरियाको आरएनएले थप किट पठाउने र सरकारले खरिद गर्न चाहेमा सहयोग गर्ने बताएको छ ।  त्यसैले आर.टी.पि.सि.आर. किट पर्याप्त छ ।  

नेपालमा  आर.टी.पि.सि.आर. पनि ३० वटा छ , आर.टी.पि.सि.आर. चलाउने जनशक्ति पनि छ र पर्याप्त  आर.टी.पि.सि.आर. रियजेण्ट किट पनि छ ।  तर, तत्काल  ल्याब बिस्तार गर्न , जनशक्ति परिचालन गर्न  के ले रोकेको छ  ?

हाल नेपालको  प्रयोगशाला हेर्ने  मुख्य  रास्ट्रिय   जनस्वास्थ्य  प्रयोगशाला , स्वास्थ्य मन्त्रालय , प्रदेश  कार्यालय  तथा  सबै  स्वास्थ्य जनशक्तिको नियामक निकाय नेपाल स्वास्थ्य ब्यबसायी परिषद् बिचको समन्वयको कमि भएको देखिन्छ भने मन्त्रालयको  राजनीतिक नेतृत्व लाई  उचित कदम चाल्न सहि सल्लाह दिने  विज्ञ हरुको  टिम को अभाव देखिन्छ।

मलेरिया , डेंगु , इन्फ्लुएञ्जा जस्ता रोगको नियन्त्रणमा विश्व स्वास्थ्य संगठनमा रही काम गरेका त्रि बि का माइक्रोबायोलोजी  प्रोफेसर डा. प्रकास घिमिरे जस्तै धेरै विज्ञ लाई हाल राज्यले पहिचान गरि परिचालन गर्न सकेको छैन। 

प्रस्तुती

जितेन्द्र श्रेष्ठ

मेडिकल  माइक्रोबायोलोजिस्ट 

हाल विद्यावारिधि सोधकर्ता  कोरिया