Bachelors Portal

ऋच कलेजमा पिचीङ कार्यक्रम

काठमाडौं । बालकुमारी ललितपुमा स्थित ऋच कलेजमा पिचीङ कार्यक्रम सम्पन्न भएको छ । 

ब्यापार क्षेत्रमा कसरी नविनतम प्रविधि र तरीकाको प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले इस्टुडेन्ट कलेज अफ ऋच क्लब र कलेजको सहभागितामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि कलेजका प्रीन्सिपल तुल्सीराम रिजाल हुनुहुन्थ्यो ।

                      


बिभिन्न राउण्डहरु पुरा गदै यस बर्षको लागी यो कार्यक्रम फाईनल राउण्ड रहेको छ । करीव पचास जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा विभिन्न राउण्डबाट छानिएर पन्ध्र जना विद्यार्थी फाइनल राउण्डमा सहभागी भएका छन् । 

यो राउण्ड बाट उत्कृष्ट तिन जना विद्यार्थी छानिने छन् । छानिएका तिन जना विद्यार्थीहरुलाई कलेजले अवार्ड पनि प्रदान गर्ने गरेको कलेजका प्रिन्सिपल तुल्सीराम रिजालले इडियूसन्जाललाई बताउनुभयो ।  

कलेजमा अध्ययनरत विद्यार्थीहरुको इस्टुडेन्ट कलेज अफ ऋच क्लब र कलेजको सहकार्यमा सो कार्यक्रम आयोजना गरेका हुन ।

 यो कार्यक्रमले विद्यार्थीहरुमा रहेको अन्तरनिहित ब्यापारीक तरीकाहरु प्रस्फुटन गर्नको लागी महत्वपुर्ण भुमिका खेल्ने आयोजकले अपेक्षा लिइएको छ ।

Thuprai - Books and E-books