दुई पब्लिकेसनका पाठ्यसामग्री बिक्रिवितरणमा प्रतिबन्ध

पाठ्यक्रम विकास केन्द्रले दुइओटा पब्लिकेसनका केही पाठ्यपुस्तक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

ओएसिस प्रब्लिकेसन प्रालि र आठराई पब्लिकेसन्स प्रालि काठमाडौंले प्रकाशन गरेका पुरानै पाठ्यसामग्री राखेको हुँदा प्रतिबन्ध लगाएको हो ।

स्वीकृति पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ को दफा ३० को उपदफा (२) बमोजिम रद्द गरी दुई वर्षसम्म स्वीकृति नदिने गरी प्रतिबन्ध लगाएको हो ।

दुवै प्रकाशन गृहले केन्द्रमा कार्यान्वयनमा आएको पाठ्यक्रम अनुसार पाठ्यसामग्री स्वीकृत गराए पनि पुरानै सामग्री राखेको हुँदा प्रयोग तथा बिक्रिवितरणम प्रतिबन्ध लगाएको जनाएको छ ।

यी पब्लिकेसनहरुले स्वीकृति पत्रसमेत समावेश गरी पुरानो पाठ्यक्रम अनुसारको सोही कक्षाको सोही विषयको पाठ्यसामग्रीमा संस्करण वर्ष २०८० राख्नुको साथै रिप्रिन्ट २०८० को लेखेर भ्रममा राखेको राखेको केन्द्रले जारी राखेको सूचनामा उल्लेख गरेको छ ।

ओएसिस पब्लिकेसन प्रालि काठमाडौंबाट प्रकाशित कक्षा ४, ६, र ७ को वन्डर इङ्लिस र इङ्लिस स्किल प्रकाशन स्वीकृति प्राप्त विषय र कक्षा ५ को स्वीकृत प्राप्त नगरेको वन्डर इङ्लिस विषय प्रयोग नगर्न केन्द्रले निर्देशक समेत दिएको छ।

त्यस्तै आठराई पब्लिकेसन प्रालि काठमाडौंबाट प्रकाशित कक्षा ५ को रसिलो नेपाली विषय प्रयोग नगर्न केन्द्रले निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal