Bachelors Portal

अफवाहको पछी नलाग्न शिक्षकलाई आग्रह

Managed Admission 2022

राष्ट्रिय शिक्षा ऐन आउन लामो समय लाग्ने नेपाल शिक्षक महासंघका संघीय महासचिव लक्ष्मी किशोर सुवेदीले बताए। उनले शिक्षा ऐनको मस्यौदा संघसंग भएका सहमतिका आधार तयार गरिएको भएपनि सम्झौतामा भएको कुरा संसदबाट पारित हुँदा हराउन सक्ने हुँदा शिक्षक संघ चनाखो हुनुपर्ने बताए । 

उनले शिक्षक संघ काठमाडौं महानगरपालिका कार्य समितिद्वारा  नमुुना प्रश्नपत्र निर्माण कार्यशालाका सहभागी शिक्षक तथा नवप्रवेशी शिक्षकलाई सम्मान गर्न आयोजित  दोस्रो स्थानीय नगर सभा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।

‘ऐनको मस्यौदामा भएका कुरालाई जस्ताको त्यस्तै संसदबाट पारित गराउने पहल गरिरहेका छौं ।’ उनले भने, ‘शिक्षकको प्राप्त हकहरूलाई सम्बोधन गर्ने गरी मात्र ऐन बनाउन दिन्छौं।’

महासचिब सुवेदीका अनुसार शिक्षा ऐनको मस्यौदाले शिक्षा संघ,प्रदेश र स्थानीय तहको साझा अधिकार हो भनेको छ । ‘मस्यौदामा शिक्षकका सेवासर्त, सुविधा र मापदण्ड, पाठ्यक्रम, शिक्षकको छुट्टै अस्पताल खोल्ने जस्ता राम्रा पक्ष राखिएको छ ।’ महासचिव सुवेदी भने, ‘मस्यौदामा भएका कुरा जस्ताको त्यस्तै संसदबाट पारित गराउन संघ लागि परेको छ ।’ उनले थपे, ‘सामाजिक  सञ्जालले फैल्याएको अफवाहको पछी नलागी निवार्धरुपमा  काम गर्न सबैलाई अनुरोध गर्छु।’

उक्त कार्यक्रममा महानगरभित्रका राम्रा विद्यालय सञ्चालक प्रधानध्यापकलाई सम्मान गरिएको थियो । सम्मानि हुनेहरूमा पन्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक बिनिता रञ्जित, पद्मोदय माविका  प्रधानाध्यापक मिनाकुमारी कोइराला, ज्ञानोदय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विष्णुमायालगायतका  १० जना शिक्षकलाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा काठमाडौं महानगरपालिका भित्रका प्राथमिक तहको प्रश्नपत्रमा एकरूपता ल्याउने उद्देश्यले कार्यशालामा सहभागी ९१ विद्यालयका सबै शिक्षकलाई प्रमाणपत्र वितरण गरिएको थियो । सबै प्रतिनिधि शिक्षकलाई सम्मान गरिएको थियो ।

नगरका सम्पूर्ण विद्यालयका प्रश्नपत्रमा एकरुपता ल्याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको कार्य समितिका अध्यक्ष नारायणप्रसाद गौतमले बताए ।गौतमकाअनुसार अनुसार महानगरका ९१ सामुदायिक विद्यालयका प्राथमिक तहका शिक्षकलाई सबै स्रोत केन्द्रमा प्रशनपत्र निर्माण सम्बन्धी तालिम प्रदान गरिएको थियो । सो कार्यक्रममा संघीय प्रतिनिधि सभाका सभासद् तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकासमान सिंह श्रेष्ठले पनि शुभकाना मन्तव्य दिएका थिए । कार्यक्रममा महानगरका  वडा सदस्य, नगर उप्रमुख तथा विभिन्न संघसंगठनका  प्रतिनिधिको सहभागिता रहेको थियो ।

Select college / campus