After SEE Portal

विशिष्टीकृत उच्च शिक्षा प्रबर्द्धन कार्यक्रमका लागि प्रस्ताव माग

Bridge Course

त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले विशिष्टीकृत उच्च शिक्षा प्रबर्द्धन कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । समतामा आधारित अनुदानका लागि आशयपत्र पेश गर्न आवेदन माग गरके हो ।

विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेको मादण्ड अनुरुप त्रिविका क्याम्पसहरूले समतामा आधारित अनुदानका लागि सम्पूर्ण कागजात सहित पुस १२ गते भित्र त्रिवि उच्च शिक्षामा विशिष्टताको प्रबर्द्धन कार्यक्रम योजना निर्देशनालयको कार्यालयमा आवेदन पेश गर्नु पर्ने त्रिविद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रम्का लागि पिछडिएका, दुर्गम र प्रकोप प्रभावित क्षेत्रमा सञ्चालित त्रिविका आंगिक क्याम्पसलाई निर्धारित मापदण्डका आधारमा अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

उच्च शिक्षाको श्रम बजारमा सान्दर्भिकता र गुणस्तरको सवलीकरण, सहकार्यमा आधारित अनुसन्धान र नवप्रवर्तनको बढावा तथा अल्पसंख्यक र प्रकोप प्रभावित समूहहरुको उच्च शिक्षामा समतामूलक पहुँचको विस्तार गर्ने उद्देश्यका साथ त्रिवि विशिष्टीकृत उच्च शिक्षा प्रबर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रस्ताव मूल्याङ्कनमा कम्तिमा ५० प्रतिशत अंक प्राप्त गर्ने उच्च शैक्षिक संस्थाहरुमध्येबाट योग्यताक्रमको आधारमा ५ वटा संस्थालाई समतामा आधारित अनुदानका लागि छनोट गरिनेछ ।

A Levels MA
Thuprai - Books and E-books